पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा तथा ४औँ अधिवेशनबाट युग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
अधिवेशनले उपाध्यक्षमा शिला गुरुङ, सचिवमा पञ्च सुब्बा गुरुङ (दिल), सह–सचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा तृष्णा लक्ष्मी गुरुङलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा पदम घले, रक्षा गुरुङ र आकाश गुरुङ चयन भएका छन्।

अधिवेशनका अवसरमा सञ्चार क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो। पूर्वअध्यक्ष मिना गुरुङद्वारा स्थापित पुरस्कारबाट सञ्चारकर्मी शान्ति गुरुङ र मिलन ग्रुप अफ नेपालद्वारा स्थापित पुरस्कारबाट सञ्चारकर्मी पञ्च सुब्बा गुरुङ सम्मानित भएका छन्।
दुवैलाई जनही २० हजार रुपैयाँसहित दोसल्ला, फेटा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । पुरस्कारदाता मिना गुरुङ र सावित्री गुरुङले सम्मान प्रदान गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मानित सञ्चारकर्मीहरूलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ।






