लन्डन । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली राहत रकम लिएर २० सेप्टेम्बरमा नेपाल जाने
भएको छ ।
नेपालमा २६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ घोषणा गरिएको १ करोड १ लाख रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरणका लागि टोली नेपाल जाने तयारी रहेको तमु धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले फेसबुकमार्फत जनाएकी छन् । उनका अनुसार अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङ नेपाल जाने तयारीमा छन् ।
बेलायतमा विभिन्न व्यक्ति तथा समुदायबाट प्राप्त सहयोग रकमलाई बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले जनाएका छन् ।
तमु धीं यूकेले बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले बेलायतमा अभियान सञ्चालन गरी उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । सहयोग अभियान आज मंगलबार साँझ ६ बजेदेखि बन्द हुँदैछ ।
संकलित तथा प्राप्त सहयोग रकम सम्बन्धित कोषमा हस्तान्तरण गर्दै विपद्मा परेका नागरिकको राहतमा योगदान पुर्याउने संस्थाको उद्देश्य रहेको छ। नेपाल जाने टोलीले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम हस्तान्तरण गर्नुका साथै बाढी प्रभावित क्षेत्रको अवस्था र राहत कार्यबारे समेत जानकारी लिने तयारी गरेको बताइएको छ ।
सोमबारसम्म कति भए प्रतिबद्धता र सहयोग ?
लन्डन । बाढीपीडित सहयोग अभियानमा तमु धीं यूकेका विभिन्न शाखा, आमा समूह, पदाधिकारी, सदस्य, व्यवसायी तथा विभिन्न संघसंस्थाले उल्लेख्य सहयोग गरेका छन्। सोमबारसम्म सार्वजनिक गरिएको सहयोग विवरणमा तमु धीं यूके आमा समूहबाट १ हजार पाउन्ड,तमु धीं लन्डन इकाईबाट १ हजार ५ पाउन्ड, तमु धीं लन्डन शाखा आमा समूहबाट १ हजार १ पाउन्ड, तमु धीं वोकिङ शाखाबाट १ हजार पाउन्ड, तमु धीं ह्याम्पसायर शाखाबाट १ हजार पाउन्ड, साउथ इस्ट रिजनल तमु धीं लन्डन ब्रान्च १ हजार १ रुपैयाँ प्रतिबद्धता/सहयोग घोषणा गरिएको उपाध्यक्ष गुरुङले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमला देवी गुरुङबाट ५ सय ५ पाउन्ड, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ/नन्दा गुरुङबाट ५ सय १ पाउन्ड, उपाध्यक्ष दिलमाया गुरुङ/नन्दा गुरुङबाट ५ सय १ पाउन्ड, उपाध्यक्ष कमल गुरुङ/जयन्ती गुरुङ (चाइना ओरिएन्टल मार्केट)बाट ५ सय पाउन्ड रहेको छ ।
यस्तै स्पोर्ट्स सेक्रेटरी क्याप्टेन दिपक घले/रुपा घले २५१ पाउन्ड, क्यापटेन बीके लेम गुरुङ ५० हजार रुपैयाँ, सुर्य/दिपा गुरुङ–चाइना ओरिएन्टल सुपर मार्केटबाट ५०० पाउन्ड,रोहित गुरुङ ४० पाउन्ड, भीमप्रसाद गुरुङ/पम्फा गुरुङ १०० पाउन्ड, प्रतिमा/शंकर १०० पाउन्ड, चन्द्रकुमारी गुरुङ १ पाउन्ड, जुबिता गुरुङ ७५ पाउन्ड सहयोग गरेका छन् ।
पञ्चासे हर्पनडाँडा समाज यूके १३ लाख, गोर्खा मिडिया १ लाख, बरालडाँडा तमु समाज यूके (राजु लेम तमु) १६०० पाउन्ड, ताङ्ले समाज यूके (मनोज गुरुङ)— £४९९ (१ लाख रुपैयाँ)
अभियानमा व्यक्तिगत तथा संस्थागत रूपमा विभिन्न व्यक्तिहरूले पाउन्ड तथा नेपाली रुपैयाँमा सहयोग गरेका छन्। तमु धीं यूकेले सहयोगी सबै दातालाई धन्यवाद दिँदै विपद्को यस घडीमा प्राप्त सहयोगलाई अपूर्व र अतुलनीय योगदानका रूपमा लिएको जनाएको छ।
वरिष्ठ उपाध्यक्ष गुरुङले इच्छुक दाताका लागि अझै समय रहेको भन्दै १५ सेप्टेम्बर मंगलबार साँझ ६ बजेसम्म रकम खातामा जम्मा गरिदिन अनुरोध गर्नुभएको छ ।
थप सहयोगी दाताहरू
राजेन्द्र/सरिता गुरुङ — £१००
डा. सञ्जय/डा. बिनिता गुरुङ — £५०
डम्बर/बिना गुरुङ — £१००
क्याप्टेन तीर्थमान तथा श्रीमती माया (सकिला) गुरुङ — £१०८
बद्रीकुमारी गुरुङ — £३०
सिरी तथा गंगा गुरुङ — £२००
विष्णु गुरुङ — £५०
राम तथा माध विष्णु गुरुङ — £१०८
कोसेली किचेन (अनुष) — £२५१
सूर्य तथा बबिता गुरुङ (ट्रस्टी) — £५०१
विष्णु खरेल — £२५०
श्री तथा कृष्णकुमारी गुरुङ — £१००
एकेन्द्र गुरुङ — £१२५
डा. विशाल गुरुङ — £२५०
यम/इन्द्रा गुरुङ — £१०१
लक्ष्मी तमु स्वस्तिक — ५० हजार रुपैयाँ
ज्ञाम/प्रेमा गुरुङ (पूर्वअध्यक्ष)— £१०१
गोपीचन्द्र/शान्ता गुरुङ — £१०१
स्व. दुर्गाबहादुर/लालशोभा गुरुङ — £५०
अरुण गुरुङ/सान्त गुरुङ — £७५
नरजंग गुरुङ — £३५.५५
कुमार/भुवन गुरुङ — £५०
पेन्सन पत्ता मिन, भोज गुरुङ — १ लाख
श्रीप्रसाद/रिपन गुरुङ — १ लाख
बिमल गुरुङ, पानस रेस्टुरेन्ट — २५० पाउन्ड
क्याप्टेन (अवकाशप्राप्त) चित्र/भीमा गुरुङ — १०५ पाउन्ड
गोपाल/सरस्वती गुरुङ, क्यूजीई — १०० पाउन्ड
होम/तुलसी गुरुङ — £१००
सूर्य तथा दिपा गुरुङ, चाइना ओरिएन्टल सुपर मार्केट — £५००
जित गुरुङ — £१०१
महेश गुरुङ (ट्रस्टी) — £५१
टेकसिंह गुरुङ — £१०५
रोबर्ट स्टुअर्ट — £१०
केयरमार्क लिमिटेड — £१००
क्याप्टेन जीवनकुमार गुरुङ — £५१
डेभिड, हर्स्ट रोड, फार्नबरो — £५०
भोज गुरुङ, फेल्थम — £५०
क्याप्टेन (अवकाशप्राप्त) राजेन्द्रमान गुरुङ — £५१
क्याप्टेन राजु तथा केशरी लेम तमु — £५५






