बेलायत – बेलायतमा “हाम्रो कथा, हाम्रो उत्सव” भन्ने मूल नाराका साथ नेपाल आदिवासी चलचित्र महोत्सव २०२६ आयोजना हुने भएको छ। नेपाल आदिवासी चलचित्र महासंघ यूकेका अध्यक्ष तथा महोत्सवका अध्यक्ष मेजर योगेश कोय राईले बेलायतमा रहेका सम्पूर्ण आदिवासी समुदायका संघसंस्थाहरू र नेपाली समुदायलाई यस महोत्सवमा सहभागिताका लागि हार्दिक आह्वान गर्नुभएको छ।
महोत्सव बेलायतको अल्डरसटस्थित एम्पायर वाङ्कुटिङ हलमा आइतवार २७ सेप्टेम्वर २०२६ का दिन बिहान १०३० बजेदेखि राति २००० बजेसम्म जारि रहने छ।
महोत्सवका प्रमुख आकर्षणहरू, आदिवासी चलचित्र, डकुमेन्ट्री तथा लघु चलचित्रहरूको प्रदर्शन, नेपाली चलचित्र पनोरामा, ग्रान्ड अवार्ड समारोह तथा सम्मान कार्यक्रम, सांगीतिक तथा नृत्य प्रस्तुत, कलाकारहरूसँग रात्रीभोज रहने भएको छ।
आयोजकका अनुसार, बेलायतमा रहेका प्रत्येक संघसंस्थालाई नेपालको धनी आदिवासी सम्पदा, विविधता र पहिचान झल्काउने परम्परागत सांस्कृतिक प्रदर्शन, सांस्कृतिक झाँकी र जातीय पहिरन सहित उपस्थित हुन अनुरोध गरिएको छ। यस विशेष कार्यक्रमले आदिवासी भाषाहरू, संस्कृति, कला र चलचित्रको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
टिकट श्रेणी तथा सुविधाहरू:
साधारण प्रवेश £१५ ले चलचित्र स्क्रिनिङ र अवार्ड शोमा प्रवेश गर्न सक्नु हुनेछ ।
साधारण प्रवेश + रात्रीभोज £५० ले चलचित्र स्क्रिनिङ र अवार्ड शो, १ व्यक्तिका लागि रात्रीभोज तथा सेलिब्रेटीहरूसँग फोटोसुट गर्न पाउनु हुनेछ ।
भीआईपी पास £१०० ले चलचित्र स्क्रिनिङ र अवार्ड शो, आरक्षित भीआईपी सिट, खादा, गम्छा, १ व्यक्तिका लागि रात्रीभोज र सेलिब्रेटीहरूसँग फोटोसुट गर्न पाउनु हुनेछ ।
भीभीआईपी पास £२०० ले चलचित्र स्क्रिनिङ र अवार्ड शो, आरक्षित भीभीआईपी सिट, खादा, २ जनाका लागि रात्रीभोज र सेलिब्रेटीहरूसँग फोटोसुट गर्न पाउनु हुनेछ ।






