ब्रोसीस सीएनटीको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । फ्रेम्ली पार्क अस्पतालमा कार्यरत नेपाली स्टाफहरुको साझा संगठन ब्रोसीस सी.एन.टी.को गत २३ डिसेम्बर २०१८ आइतबारका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा विविध सांस्कृतिक कार्यक्रमका साथ वार्षिक भेटघाट सम्पन्न भएको छ ।

कार्यक्रममा टंक शेरचन, पबित्र गुरुङ, गजेन्द्रद्रगुरुङ, लालु लोप्चन, सन्तोष गुरुङ, ज्ञानु गुरुङ, बबिता गुरुङ, राजेश गुरुङ, पल गुरुङ, दिक्षा गुरुङ र प्रमिला तामाङलगायतले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरी मनोरञ्जन प्रदान गरेका थिए ।

संस्थाकी अध्यक्ष बबिता गुरुङले नयाँ वर्षको पावन अवसरमा सबैलाई शुभकामना दिएका थिए । राफल ड्र प्याक गर्न विशेष सहयोग गर्नु हुने सल्लाहकार पवित्र गुरुङ तथा उनको श्रीमान् जित गुरुङ र कार्यसमिति सल्लाहकार तथा सदस्यहरुको ब्याज बनाउन विशेष सहयोग गर्ने सूर्यकुमारी गुरुङ र भेटघाट रेस्टुरेन्टका प्रबन्धक निर्देशक शेर सुनारलाई संस्थाको तर्फबाट अध्यक्ष बबिता गुरुङ र संस्थापक अध्यक्ष किसन गुरुङले सम्मान गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक झुमा पौडेलले कोषाध्यक्ष भाइमति गुरुङ, सहकोषाध्यक्ष चुनु बिमला गुरुङ र सबै एरिया रेपहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

ब्रोसिस सी.एन.टी.का अध्यक्ष बबिता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सह–सचिव गजेन्द्र गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए । त्यस्तै, उपाध्यक्ष टकमाया गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सचिव टंक मार्टिन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!