लन्डन । तमु ट्हो ह्युल हङकङले नेपालको रसुवा-भोटेकोसी बाढीपीडितका लागि ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
१४ अगष्ट २०२६ मा हङकङस्थित नेपाली महाबाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत सतिश गुरुङलाई तमु ट्हो ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ, उपाध्यक्ष कविता गुरुङ, कोषाध्यक्ष मिलन गुरुङ सल्लाहकार रिता गुरुङ महिला विभाग अध्यक्ष भक्ति गुरुङ, कार्यसमिति लक्ष्मी गुरुङ र कन्या गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा हुने गरी सहयोग हस्तान्तरण गरेका थिए ।
‘प्राकृतिक प्रकोपको कारण नेपाल र नेपालीको पीडामा थोरै भए पनि मल्हम लगाउने र हङकङमा रहेका समुदाय सबै साथसाथै छौं’ भन्ने भावनाले राहत स्वरूप आर्थिक सहयोग संकलन गरिएको तमु ट्हो ह्युल हङकङले जनाएको छ।
सहयोग गर्ने सबै मनकारी महानुभावहरुलाई संस्थाको तर्फबाट अध्यक्ष ईश्वर गुरुङले धन्यवाद व्यक्त गरेका छन् ।






