एटा संवाददाता
अल्डरसट । करिब तीन वर्षअघि फार्नबोरो, नर्थक्याम्पबाट आप्mनो मोर्गेजेज् तथा स्टेट एजेन्टस्को सेवा प्रारम्भ गर्दै आएको पीपल ग्रुपले बेलायतका विभिन्न सहरहरुमा शाखा विस्तार गर्ने क्रममा गत हप्ता तेस्रो शाखाको रुपमा स्वीन्डनमा कार्यालय स्थापना गरेको छ ।
पीपल गु्रपले सेल्स, लेटिङ्ग, म्यानेजमेन्ट, मोर्गेजेज्, प्राटेक्सन, होम इन्स्योरेन्स, विल्स लगायतको सेवा दिँदै आएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको आस्फोर्ड र एनडोभरमा यसअघि नै शाखा विस्तार गरिसकेको छ । र, निकट भविष्यमा बेलायतका विभिन्न सहरहरुमा सेवा विस्तार गर्ने योजना रहेको पीपल ग्रुपका डाईरेक्टर सूर्य प्रकाश गुरुङले जानकारी दिएका छन् ।






