कम्युनिटी भवन सहयोगार्थ तीनदिने प्रवचन सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरले भवन सहयोगार्थ तीनदिने श्रीमद् भागवत पुराण तथा वेद र बुद्ध दर्शनसम्बन्धी आध्यात्मिक प्रवचनको आयोजना गर्यो‍ । गत ४ जनवरी शुक्रबार सुरु भएको प्रवचन आइतबार ६ जनवरी साँझ सम्पन्न भएको हो ।

खरिद प्रक्रियामा रहेको अल्डरसटस्थित क्वीन्स रोडमा अवस्थित ओड फेलोज् हल नामक भवनको सहयोगार्थ सो प्रवचन आयोजना गरिएको थियो । करिब ६५० जना भक्तजनहरुको सहभागिता रहेको प्रवचनबाट ५० हजार पाउन्ड संकलन भएको, यसअघि विभिन्न भक्तजनहरुले प्रतिबद्ध गरेको ८५ हजार पाउन्डमध्ये ७ हजार पाउन्डसमेत हाल उठेको र दोस्रोपटक पनि धेरैजना भक्तजनहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए । उनले अहिलेसम्मको हिसाब हेर्दा भवन खरिदका लागि २२ हजार पाउन्ड मात्र नपुग्ने र सो पुरै नपुग रकम पनि सुनित जैंनले व्याज नलिने गरी ऋण उपलब्ध गराउने वचन दिइसकेको बताए । कार्यक्रमको समापनमा नेपालबाट आएका वाचनमणि पण्डित दिनबन्धु पोखरेललाई प्रमाण पत्रसहित बिदाइ गरिएको थियो । त्यस्तै, नेपालबाट आएका बद्री पोखरेल र कल्पना पोखरेललाई समेत बिदाइ गरियो । सो समापनको अवसरमा भगवात् पुस्तकको पूर्ण पाठसमेत गरिएको थियो । कार्यक्रममा पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिएका थिए । सो अवसरमा बेलायतका विभिन्न स्थानबाट आएका भक्तजनहरुले आफूहरुले सकेको आर्थिक सहयोग गरेका थिए ।

प्रवचनलाई गत शुक्रबार ४ जनवरी बिहान ११ बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र स्थानीय रसमुर बोरो काउन्सिलका मेयर स्टिफ मास्टरसनले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । सो अवसरमा नेपाली राजदूत एवं उद्घाटन समारोहका प्रमुख अतिथि डा. सुवेदीले शिव कल्चरल एन्ड सेन्टरको भवन खरिदमा सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै, अध्यक्ष रोहित गुरुङले भवन खरिद प्रक्रियामा महत्वपूर्ण योगदान दिएका विभिन्न व्यक्तिहरुलाई सम्मान व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठी, पण्डित दिनबन्धु पोखरेल, मेयर मास्टरसन, संरक्षक विनोदकुमार अग्रवाल, काउन्सिलर आलेक्स क्राफोर्ड, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, फार्नबोरो साई सेन्टरकी अध्यक्ष सुस्मा गुरुङलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

त्यस्तै, कार्यक्रममा भवन खरिद प्रक्रियाबारे संयोजक हर्कबहादुर गुरुङले जानकारी गराएका थिए भने कार्यक्रम संयोजक हरि भट्टराईले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

सेन्टरका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा सल्लाहकार भिम बानियाँले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बिक्रम भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!