व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले बेलायतबाट पठाए २० लाख ११ हजार ५४० रुपैयाँ सहयोग

SHARE:

लन्डन । व्यवसायी दाजुभाइ विष्णु र गोकुल खरेलले बेलायतबाट २० लाख ११ हजार ५४० रुपैयाँ सहयोग नेपालका बाढीपीडितका लागि पठाएका छन् ।

बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका उनीहरुले भोटेकोशी बाढी पीडितका लागि आफ्नो दुईवटा रेष्टुरेन्टको एक दिनको कमाइ नेपाल पठाएका हुन् । सञ्चालक विष्णु खरेलका अनुसार, बाढी लगत्तै रेष्टुरेन्टले गत ६ सेप्टेम्बरमा एक च्यारिटी इभेन्ट आयोजना गरेको थियो । उक्त दिन दुवै रेष्टुरेन्टमा नेपाललाई माया गर्ने ब्रिटिशहरु बाढी पीडितको सहयोगार्थ च्यारिटीमा सहभागी भएका थिए ।

विष्णु खरेलले भनेका छन्, ‘दुःखको घडीमा आफ्नो जन्मभूमिका लागि सक्दो सहयोग गर्नु मेरो कर्तव्य हो। त्यसैले मैले कुनै विशेष काम गरेको होइन—आफ्नो दायित्व मात्र पूरा गरेको हुँ । यस अभियानमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!