लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको शनिबार भएको पाँचौं राष्ट्रिय महाधिवेशनबाट गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति अध्यक्षमा गंगा दुरा, वरिष्ठ उपाध्यक्ष बसुन्धरा याक्खा, उपाध्यक्षमा सरला रानामगर, महासचिव मनिकला राई गुरुङ, सचिवमा सुष्मा राई, कोषाध्यक्ष रोमा दुरा र सहकोषाध्यक्ष जितकुमारी याक्खा चयन भएका छन् ।
सदस्यहरुमा कमला गुरुङ, रेशु फियाक लिम्बु, कमला लिम्बु चयन भए । बाँकी केही सदस्य पछि थपिने जनाइएको छ । नयाँ कार्यसमिति डा. सुमाया राई नेतृत्वको निर्वाचन समितिले घोषणा गरेको हो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति प्रमुख डा. राईले शनिबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराइन् । महिला महासंघको महाधिवेशन उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले गरेका थिए । अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव तथा जनजाति अभियन्ता भक्तबहादुर दुरा, नेफिन यूकेका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्षा, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, जीआरएनसीकी उपाध्यक्ष लीला सेलिङ माबोलगायतको उपस्थिति थियो ।









