क्षेत्री समाज यूके र क्षेत्री वेलफेयर फाउन्डेसनद्वारा बाढीपहिरो प्रभावितलाई २३ लाख ८२ हजार ६१८ सहयोग

SHARE:

लन्डन । क्षेत्री समाज यूके तथा क्षेत्री वेलफेयर फाउन्डेसन यूकेले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि संकलित २३ लाख ८२ हजार ६१८ रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

संस्थाका प्रतिनिधिहरूले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो ।

रसुवाको भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट अत्यन्त प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बेलायतमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको क्षेत्री समाज यूकेका अध्यक्ष क्याप्टेन टेक जीसीले जानकारी दिए ।

सांसद सोम शर्माको समन्वय तथा सहयोगमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाज यूकेका तर्फबाट बैकुण्ठ कुँवर, अधिवक्ता रोश्नी केसी तथा कानुनका विद्यार्थी एडमण्ड सिंह बस्नेत सहभागी थिए।

बेलायतस्थित नेपाली समुदाय, क्षेत्री समाज यूकेका सदस्य, शुभेच्छुक तथा विभिन्न दाताहरूको स्वस्फूर्त सहयोगबाट उक्त रकम संकलन गरिएको संस्थाले जनाएको छ।

रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपद्बाट पीडित परिवारहरूको सहयोगका लागि बेलायतबाट उल्लेखनीय आर्थिक सहायता जुटाएकोमा क्षेत्री समाज यूके, क्षेत्री वेलफेयर फाउन्डेसन यूके तथा सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गरे।

आर्थिक सहयोग अभियान सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सांसद सोम शर्मा, प्रिन्टमेकर काठमाडौँकी अनु योगी, स्वयंसेवक तथा सम्पूर्ण दाताहरूप्रति क्षेत्री समाज यूकेले आभार व्यक्त गरेको छ।

संस्थाका अध्यक्ष क्याप्टेन टेक जीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल विपद्को कठिन घडीमा रहेका बेला क्षेत्री समाज यूकेसँगै उभिएर सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।”

क्षेत्री समाज यूकेले नेपालमा प्राकृतिक विपद् तथा संकट उत्पन्न भएका बेला बेलायतस्थित नेपाली समुदायलाई एकीकृत गर्दै मातृभूमिप्रति सहयोग र ऐक्यबद्धता जनाउन लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!