मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पााचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई मगर गादो, फेटा गुाथेर मगर खुर्पेटोमा अंकित ताम्रपत्रले सम्मानित गरेको थियो ।

मगर जातिको पहिचान र साास्कृतिक अधिकारका लागि अनवरत संघर्षरत नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) स्थापना, प्राचिन मगर र अक्खा लीपि पुस्तक लेखि मगर जातिको इतिहास उत्खनन गर्नुका साथै संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भन्ने राजनैतिक विचारको सुत्रपात गरी नेपाली जनता, मगर जातिको मुक्तिर अधिकारको लागि पुर्याएको महत्वपूर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान–पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी अर्का सम्मानित सञ्जोग लाफा मगरलाईमगर साहित्यमा प्रथम उपन्यास ‘रेवस’ (चलन–२०५१) लेखेर मगर साहित्यको ओज बढाउन सह्रानीय कार्य चलचित्रको माध्यमवाट मगर जातिको जीवनदर्शनलाई गौरव तुल्याउन मगर भाषा शिक्षाको लागि साागठनिक रुपमा नेपाल मगर विद्यार्थी संघ स्थापना गर्न अहम भूमिका निर्वाह गरेका मगर जातिको हक, अधिकारको लागि अनवरत संघर्षरत योगदानको उच्च मुल्याङ्कन गरीसम्मानगरिएको थियो ।
थापा मगरलाई मगर रत्न ९व्भधभििक या :बनबच०उपाधिले पुकारिन्छ भने लाफा मगरलाई मगर जातिको अभिन्यताले चिनिन्छ ।






