बेलायत – ‘दोस्रो नेपाल आदिवासी चलचित्र महोत्सव २०२६’ बेलायतमा भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवमा विभिन्न विधाअन्तर्गत उत्कृष्ट ठहरिएका स्वदेशी, आदिवासी, कथानक, लामो चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रहरूलाई अवार्ड प्रदान गरिएको छ।
यस वर्षको महोत्सवमा विभिन्न भाषाभाषीका चलचित्रहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महोत्सवमा घोषित विजेताहरूको आधिकारिक सूची यस प्रकार रहेको छ:
१. लघु चलचित्र
- ताङ्सिङ: उत्कृष्ट लघु चलचित्र
- चारधाम: उत्कृष्ट लघु चलचित्र जुरी अवार्ड
२. वृत्तचित्र
- बल्ध्याङ्गढी: उत्कृष्ट मगर वृत्तचित्र
- विराटनगर के प्राचीन राजवंशी: उत्कृष्ट एआई वृत्तचित्र
- तान्त्रिक नाच: उत्कृष्ट वृत्तचित्र जुरी अवार्ड
३. आदिवासी कथानक चलचित्र
- रोश (मगर चलचित्र): उत्कृष्ट छायाँकार
- तेनोकुर्सी-ढोगभेट (गुरुङ चलचित्र): उत्कृष्ट सम्पादक – राजेन्द्र खड्का
- तेनोकुर्सी-ढोगभेट (गुरुङ चलचित्र): उत्कृष्ट लेखक – गणेश गुरुङ ‘सुभाष’
- देसान (मगर चलचित्र): उत्कृष्ट सह-अभिनेता – भोला सापकोटा
- इन्दिरा ढिमे मैचा (नेवारी चलचित्र): उत्कृष्ट अभिनेत्री – रोधिना सुवाल
- नुमाहाङमा (लिम्बू चलचित्र): उत्कृष्ट नव-निर्देशक – नियरा सुब्बा (सिक्किम)
- इन्दिरा ढिमे मैचा (नेवारी चलचित्र): उत्कृष्ट निर्देशक – सुरेन्द्र तुलाधर
- जय लाखे (नेवारी चलचित्र): उत्कृष्ट एनिमेसन चलचित्र
- मुन्धुम: ए सिक्रेट अफ समसाम (लिम्बू चलचित्र): उत्कृष्ट चलचित्र
४. नेपाली पनोरामा – सम्मान पुरस्कार
- मर्मिरे: उत्कृष्ट कथा
- कोशेढुङ्गा: उत्कृष्ट सम्पादक – नहुकुल खड्का
- विगुल: उत्कृष्ट चरित्र अभिनेता – रमेश बुढाथोकी
- सिटामोल: उत्कृष्ट सह-अभिनेत्री – जानुका विश्वकर्मा
- तारा: द लस्ट स्टार (सिक्किम): उत्कृष्ट नव-अभिनेत्री – श्यामा श्री शेर्पा
- ऊनको स्वेटर: उत्कृष्ट अभिनेत्री – मिरुना मगर
- परान: उत्कृष्ट अभिनेता – नीर शाह
- सिटामोल: उत्कृष्ट अभिनेता जुरी – सौगात मल्ल
- गुण्यु चोलो: उत्कृष्ट अभिनेता जुरी – नाजिर हुसेन
- परान: उत्कृष्ट नव-निर्देशक – दीपक आचार्य
- गुण्यु चोलो: उत्कृष्ट निर्देशक जुरी अवार्ड – समुद्र भट्ट
- ऊनको स्वेटर: उत्कृष्ट निर्देशक – नवीन चौहान
- ऊनको स्वेटर: उत्कृष्ट चलचित्र
चलचित्र महोत्सवको औपचारिक सत्र नेफिन युकेका सचिव फ्रम बहादुर दुरा र नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेनले सञ्चालन गरेका थिए भने अवार्ड वितरण कार्यक्रम रोजिना राई र आकाश सुनुवारले सञ्चालन गरेका थिए।
महोत्सवमा सल्लाहकार एकिन्द्र गुरुङ, अध्यक्ष सञ्जय राई, मन्त्री गे छिरिङ ढुङ्गेल, उपमेयर जितबहादुर बेलबासे र कार्यवाहक राजदूत विपिन दुवाडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष गंगामाया दुराले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमको अन्तमा नेफिन युकेका अध्यक्ष तथा चलचित्र महोत्सवका सभापति मेजर योगेश कोयी राईले प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिहरू तथा उपस्थित सम्पूर्ण कलाप्रेमी, प्रायोजकहरु र कलाकारहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।







