तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन सम्पन्न, सानु सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति

SHARE:

  • नगेन्द्रराज नेम्बाङ

लन्डन । तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन शनिबार, २६ सेप्टेम्बरमा स्टानवेल हेजमा सम्पन्न भएको छ। अधिवेशनले सानु सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीर नरसिङ हुक्पा चोङ्बाङ, ओम मगर, विशाल लिम्बु, मिलन गुरुङ र बल लुङ्फुङ्वा चयन भएका छन् । महासचिवमा डगलसिङ साँवा, सचिवमा रमेश गुरुङ, सहसचिवमा अर्जुन तेयुङ, कोषाध्यक्षमा तामान तिलिङ तथा सहकोषाध्यक्षमा लक्ष्मण लुङ्फुङ्वा र शिवकुमार इस्बो चयन भएका छन्।

अधिवेशनको औपचारिक उद्घाटन अध्यक्ष जय मादेम्बा र प्रमुख अतिथि मेजर (रिटायर्ड) चित्रराज हुक्पा चोङ्बाङले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सचिव विशाल लिम्बुले उपस्थित अतिथिहरूलाई आसन ग्रहण गराउँदै ‘सेफ्टी ब्रिफ’ दिएका थिए।

कार्यक्रममा सचिव विशाल लिम्बुले समाजको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष बल लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि मेजर (रिटायर्ड) चित्रराज हुक्पा चोङ्बाङ, सूर्य खापुङ र छत्रसिंह तेयुङले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

अध्यक्ष जय मादेम्बाले आफ्नो कार्यकालमा साथ दिने कार्यसमिति, सल्लाहकार तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै अधिवेशनको पहिलो चरणको औपचारिक कार्यक्रम समापन गरेका थिए।

अधिवेशनको निर्वाचन मण्डलको जिम्मेवारी पूर्वअध्यक्ष मोहन सदेम्बा, सचिव टंक आले मगर र सदस्य रिता फोम्बो ठूलीले निर्वाह गरेका थिए। जय मादेम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सानु सुब्बाले स्वागत मन्तव्य दिएका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन सचिव विशाल लिम्बुले गरेका थिए।

नवनिर्वाचित कार्यसमितिलाई खादा ओढाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना आदानप्रदान गरेका थिए।

नवनिर्वाचित अध्यक्ष सानु सुब्बाले आफ्नो कार्यकालमा संस्थाप्रति बल, बुद्धि क्षमतानुसार गर्न सकिने कार्यहरु, योगदान दिन सकिनेसम्म गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!