नेपालमा बाढी : एनआरएनए अभियानमा बेलायतसहित विभिन्न देशबाट ६ करोड ३२ लाख संकलन

SHARE:

लन्डन । भोटेकोशी र त्रिशूलीमा गत भदौ १० गते (अगस्ट २६) मा आएको बाढी प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चलाएको अभियानमा ६ करोड ३२ लाख ५ हजार १४३ रुपैयाँ संकलन भएको छ ।

पूर्वप्रतिबद्धता अनुसार ९ करोड ३७ लाख ८१ हजार २२६ रुपैयाँमध्ये बुधबारसम्म उक्त रकम प्राप्त भएको एनआरएनएले जनाएको छ।

एनसीसी/संस्था प्राप्त रकम (रुपैयाँ)
१ युके (पहिलो चरणमा) ५,३४३,२४४.२५
२ कतार(पहिलो चरणमा) ४६,०६,८८३.००
३ अष्ट्रेलिया (पहिलो चरणमा) ३,१०१,५८१.७६
४ क्यानडा (पहिलो चरणमा) २,७०३,४०७.५०
५ बहराइन २,५७९,३२८.००
६ न्युजिल्यान्ड २,१५२,८९९.७३
७ हङकङ १,८७७,२३२.५०
८ स्विडेन १,८३१,५३५.००
९ नर्वे १,७८९,८४२.९६
१० इराक १४,०९,११७.२४
११ ओमान १,३१५,०००.००
१२ फिलिपिन्स १,२००,०००.००
१३ दक्षिण कोरिया १,११०,८१२.००
१४ स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्स १,०५५,१९३.६०
१५ लग्जम्बर्ग १,०४६,५४८.८६
१६ साउदी अरेबिया १,०००,०००.००
१७ सेसेल्स ८,७५,२४.००
१८ टर्की ७५०,३३७.००
१९ कंगो (पहिलो चरणमा ) ६५८,६६३.००
२० युएई (पहिलो चरणमा) ६५८,६६३.००
२१ म्यानमार ६०१,०००.००
२२ इजरायल ५०४,३८५.००
२३ आयरल्याण्ड (पहिलो चरणमा) ५००,०००.००
२४ रसिया (पहिलो चरणमा) ५००,०००.००
२५ थाईल्याण्ड (पहिलो चरणमा) ५००,०००.००

गैरआवासीय नेपाली संघ सचिवालयका अनुसार एनआरएनएको राहत तथा मानवीय सहयोग अभियानको ३५ औं दिन पूरा भएको छ । बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी भोटेकोशी बाढीपछिको राहत तथा उद्धारका लागि संघले गर्दै आएको कार्यबारे जानकारी गराएको छ।

प्रतिनिधिमण्डलले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि एनआरएनएले विश्वभरबाट सहयोग जुटाई राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको, प्रभावित क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी गराएको हो।

गृहमन्त्री गुरुङले विपद्का समयमा एनआरएनएले पुर्‍याउँदै आएको राहत तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतपछिको पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा समेत सरकार र एनआरएनएबीच सहकार्य र समन्वयमा काम गर्न सकिने धारणा राख्नुभयो। भेटमा विपद् प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन सरकार र एनआरएनएबीच निरन्तर समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।

बागलुङका बाढीपहिरो प्रभावित क्षेत्रमा एनआरएनएको राहत टोली प्रस्थान
बागलुङका ताराखोला, निशीखोला, तमानखोलालगायत क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि राहत तथा सहयोग उपलब्ध गराउन एनआरएनएको राहत टोली प्रस्थान गरेको छ । राहत वितरणका लागि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सांसद, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकारवाला निकायसँग समन्वय गर्दै राहत सामग्रीसहित एनआरएनएको टोली काठमाण्डौबाट बुटवल हुँदै निशीखोला र तमानखोलातर्फ प्रस्थान गरेको हो ।

टोलीमा एनआरएनए आईसीसी विपद् व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मनोजकुमार गोर्खाली र आईसीसी प्रवक्ता सोमनाथ सापकोटा सहभागी हुनुहुन्छ। टोलीले १०० भन्दा बढी प्रभावित परिवारलाई खाद्यान्न, कम्बल, पिरफर्म, त्रिपाल तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत उपलब्ध गराउनेछ।

यसैगरी, बागलुङसँगै पर्वत र म्याग्दीका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा समेत स्थानीय आवश्यकता पहिचान गरी राहत सहयोग पुर्‍याउन सम्बन्धित जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय भइरहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!