बेलायतमा यलेदुङ ५०७९सँगै चाम्लिङ भाषा शिक्षा कक्षा सुरुआत

SHARE:

ईश्वर राई
लन्डन । बेलायतमा किरात नयाँ वर्ष अर्थात् यलेदुङ ५०७९सँगै चाम्लिङ भाषा शिक्षा कक्षाको सुरुआत गरिएको छ ।

किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा सम्पन्न नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा भाषा शिक्षा अभियानको उद्घाटनसहित भाषा कक्षा सञ्चालन प्रदर्शन गरिएको थियो । बेलायतवासी जेष्ठ चाम्लिङ वृषबहादुर राई र भक्तबहादुर राईले दीप प्रज्वलन गरी भाषा शिक्षा अभियानको उद्घाटन गरे । सो अवसरमा भाषा कक्षा बेलायतका विभिन्न तीन सहरहरुमा सञ्चालन गरिने र भविष्यमा अन्य सहरहरुमा पनि सञ्चालन गरिने जानकारी दिएका थिए ।
केन्टको मेडिस्टोनमा महिनाको दोस्रो र अन्तिम शुक्रबार भाषा कक्षा सञ्चालन गरिने प्रमुख प्रशिक्षक भाग्यवती राईले जानकारी दिए । त्यस्तै, ग्रेटर रसमुरमा र बेजिङस्टक सहरहरुमा पनि निकट भविष्यमा भाषा कक्षा सञ्चालन गरिने सो क्षेत्रका प्रशिक्षक दिलबहादुर राई र धनकुमार राईले जानकारी गराए ।

अध्यक्ष रत्नकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा खोटाङ जिल्ला पूर्वसभापति रत्न राई, डा. प्रमोद कोयी, दिलबहादुर राई, पदम राई, किरण राई र जानुका राईलगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । नयाँ वर्षको शुभकामनासहित भाषा शिक्षा अभियानको सबैले खुलेर प्रशंसा गरे ।

तरुल, रोटी, भुटुवा, तिनपने, सरुवाजस्ता आदिम खानाको व्यवस्था, नाचगानसहित आयोजित कार्यक्रम साँझ अबेरसम्म सञ्चालन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!