लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल सरकारका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनलाई नेपाली दूतावास लन्डनमा स्वागत गरिएको छ ।
लन्डन केनसिङ्गटन दरबार प्यालेसस्थित नेपाली दूतावासमा सोमबार पूर्वमन्त्री पुनलाई कार्यवाहक राजदूत विपिन दुवाडी र राजदूतावास परिवारले स्वागत गरेका हुन् । दूतावासमा स्वागतका लागि पूर्वमन्त्री पुनले भने, ‘लन्डनमा कार्यवाहक राजदूत विपिन दुवाड़ी र राजदूतावास परिवारलाई हार्दिक धन्यवाद ,आत्मीय र न्यानो स्वागतको लागि ।’
केही समयदेखि बेलायत र युरोप भ्रमणमा रहेका पुन ४ अक्टोबरमा नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । त्यसअघि ३ अक्टोबरमा नेकपा निकट अन्तर्राष्ट्रिय नेपाली मञ्ज यूकेको एकता अधिवेशनमा सहभागी भएका थिए । उक्त अधिवेशनबाट बिमला लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
बेलायतमा रहँदा पुनले यहाँका सांसद, नेपाली समुदायहरुसँग भेट्ने कार्यक्रम रहेको बताएका छन् ।









