ऐहासिक गुरुङ चलचित्र ‘पजे गोरे’ १९ अक्टोबरमा हङकङमा प्रदर्शन हुँदै

SHARE:

लन्डन । ऐहासिक गुरुङ चलचित्र पजे गोरे (गोरे बाजे) १९ अक्टोबर २०२६ मा हङकङमा प्रदर्शन हुँदैछ ।

याउ मा तेइ कम्युनिटी हलमा साँझ ६ बजेदेखि गोरे बाजे प्रदर्शन हुने आयोजकले जनाएको छ । हिमाल, माटो, मौलिकता र नेपाली समाजको कथा बोकेको चलचित्र गोरे बाजेको लेखन तथा निर्देशन गौरे गुरुङले गरेका हुन् ।

गुरुङ संस्कृतिमा आधारित पजे गोरेले आदिवासी जनजाति चलचित्रमा सर्वोकृष्ट अवार्ड जितिसकेको छ ।

चलचित्र बेलायतवासी ज्ञाम गुरुङ, दिल घले, श्री गुरुङ र गम (गोरे) गुरुङ निर्माता छन् ।

सहनिर्देशन राजेन्द्र अधिकारी ‘अपूर्ण’, सम्पादन पुष्कर थापा मगर, संगीत धनबहादुर गुरुङ, तेजेन्द्र गुरुङ रहेका छन् । साहित्यकार तथा गीतकार एकेन्द्र गुरुङले गीत तयार पारेका हुन् भने सम्पादन खेम गुरुङ र नृत्य निर्देशन जसु गुरुङले गरेका छन् ।

बाल कलाकारमा मेघा गुरुङ र ममता गुरुङ छन् । पजे गोरेले २०७६/७७ मा राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!