बेलायत–युरोप भ्रमण टुंग्याएर स्वदेश फर्किए पूर्वअर्थमन्त्री वर्षमान पुन

SHARE:

लन्डन । नेपाल सरकारका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्।

बेलायतसहित युरोप भ्रमणका लागि आएका पुन मंगलबार लन्डनस्थित हिथ्रो विमानस्थलबाट नेपाल फर्किएका हुन्। उनलाई हिथ्रो विमानस्थलमा नेकपा केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मामिला विभागका उपप्रमुख कृष्णकुमार राई, एनआरएनए उपाध्यक्ष एवं अभियन्ता विश्वास दीप तिगेला, अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतकी नवनिर्वाचित अध्यक्ष विमला लिम्बूलगायतले बिदाइ गरेका थिए।

बेलायतमा रहँदा पूर्वमन्त्री पुन लन्डनको केन्सिङ्टन प्यालेस गार्डेनस्थित नेपाली दूतावास पुगेका थिए। उनले ४ अक्टोबरमा नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए।

त्यस्तै, ३ अक्टोबरमा नेकपा निकट अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको एकता अधिवेशनमा सहभागी भएका पुनले राप्ती समाज यूकेलगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया तथा भेटघाट गरेका थिए। उनले बेलायतका विभिन्न पर्यटकीय क्षेत्रको समेत भ्रमण गरेका थिए।

पुन २६ सेप्टेम्बरमा बेलायत आएका थिए। बेलायत भ्रमणकै बीचमा उनी पोर्चुगल र स्पेनसमेत पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!