शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने

SHARE:

लन्डन । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न समाजको आठौँ अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित लामिछाने यसअघि संस्थाको महासचिव थिए। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा निशेन्तमान बज्राचार्य र पार्वती भण्डारी, महासचिवमा शशांक शर्मा, सचिवमा डीआर पराजुली, कोषाध्यक्षमा सुशीला दवाडी र सहकोषाध्यक्षमा राजन बस्याल चयन भएका छन्।

सदस्यहरूमा लक्ष्मण ढकाल, बमबहादुर नेपाली, पृथ्वीनारायण अर्याल, चन्द्र शाहनी, शालिग्राम सापकोटा ‘शिव’, गोपालबहादुर कुँवर, हरिहर न्यौपाने, अनुज ढकाल, निरुता भट्ट, थर्कु कार्की, रामप्रसाद बेल्वासे र रेशमबहादुर केसी चयन भएका छन्।

भिम सारुको संयोजकत्वमा गठित निर्वाचन समितिमा केशव भण्डारी सदस्यसचिव र विष्णु चालिसे सदस्य रहेका थिए। समितिले नयाँ कार्यसमिति घोषणा गर्दै शपथ ग्रहण गराएको थियो।

नवनिर्वाचित कार्यसमितिले संस्थाका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने प्रतिबद्धता जनाएको महासचिव शशांक शर्माले जानकारी दिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!