बेलायतमा मंगल बुद्ध विहारको कथिन चिवर दान कार्यक्रम नोभेम्बर १ मा

SHARE:

लन्डन । मंगल बुद्ध विहार यूकेको आयोजनामा बेलायतको ग्रीनफोर्डमा आगामी नोभेम्बर १ आइतबार कथिन चिवर दान तथा पुण्य कार्यक्रम हुने भएको छ।

कार्यक्रम बिहान १० बजेदेखि रोयल ब्रिटिस लिजन क्लब, ग्रीनफोर्डमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण श्रद्धालु उपासक तथा उपासिकालाई कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न अनुरोध गरेको छ।

कार्यक्रममा स्वागत मन्तव्य, शील प्रार्थना, बुद्ध पूजा, भोजन दान, कथिन चिवर दान, धर्मदेशना, ध्यान, अष्टपरिष्कार दान, संघ दान तथा धन्यवाद ज्ञापन र पुण्यानुमोदनलगायतका कार्यक्रम समावेश गरिएका छन्।

यस वर्षको कथिन चिवर दान तारा माया थापा र जगत आले परिवारबाट हुने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन नसक्ने तर दान गर्न चाहने श्रद्धालुका लागि मंगल बुद्ध विहार यूकेको बैंक खातामार्फत सहयोग गर्ने व्यवस्था पनि गरिएको छ।

कार्यक्रम रोयल ब्रिटिस लिजन क्लब, १८२ ओल्डफिल्ड लेन साउथ, ग्रीनफोर्ड, यूबी६ ९जेएसमा हुनेछ। आयोजकले बेलायतमा रहेका नेपाली बौद्ध धर्मावलम्बी तथा श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक पुण्य लाभ लिन आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!