बेलायतको कोभेन्ट्रीमा सेलिब्रिटी च्यारिटी नाइट, बद्री पंगेनी र सुजाता काफ्ले दोहोरीमा भिड्ने

SHARE:

लन्डन । नौमती बाजा खरिद तथा नेपाली संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले बेलायतको कोभेन्ट्रीमा भव्य सेलिब्रिटी च्यारिटी नाइट आयोजना हुने भएको छ।

‘हाम्रो सहयोग, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा लोकप्रिय लोकगायक बद्री पंगेनी र गायिका सुजाता काफ्लेको विशेष प्रस्तुति रहनेछ। आगामी १ नोभेम्बर २०२६, आइतबार अपराह्न ४ बजे कोभेन्ट्रीस्थित रोजबड क्याफे एन्ड ग्रिल्डमा हुने कार्यक्रममा स्थानीय कलाकार भवानी तामाङ, भीम मोत्तान, हीरालालजी तथा बाजा टोलीको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।

नौमती बाजा समूह, कोभेन्ट्रीको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा सहयोग गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!