पुन मगर समाज यूकेद्वारा बाढी प्रभावितका लागि २५ लाख ७२ हजार संकलन, अध्यक्षले दिए दातालाई धन्यवाद

SHARE:

लन्डन । पुन मगर समाज यूकेले नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ सञ्चालन गरेको राहत संकलन अभियानबाट २५ लाख ७२ हजार ३४८ रुपैयाँ ७० पैसा संकलन गरेको छ।

समाजले भोटेकोशीका बाढीपीडित तथा बाढीपहिरोबाट प्रभावित पुन मगर समुदायका परिवारलाई सहयोग गर्ने उद्देश्यले एक महिनासम्म राहत संकलन अभियान सञ्चालन गरेको थियो। समाजका अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरले अभियानमा उदारतापूर्वक आर्थिक सहयोग गर्ने समाजका सम्पूर्ण सदस्य, गैरसदस्य सहयोगी तथा शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

अभियानअन्तर्गत पहिलो चरणमा भोटेकोशीका बाढीपीडितको राहत तथा सहयोगका लागि संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको समाजले जनाएको छ। त्यस्तै, दोस्रो चरणमा संकलित रकम बाग्लुङ म्याग्दी र पर्वतका बाढीपहिरोबाट प्रभावित पुन मगर समुदायका पीडित परिवारसम्म पुर्‍याएर वितरण गर्ने कार्य भइरहेको अध्यक्ष पुन मगरले जानकारी दिएका छन्।

विपत्तिको समयमा जन्मभूमिबाट टाढा रहेर पनि मातृभूमिको पीडालाई आफ्नै पीडाका रूपमा आत्मसात् गर्दै सहयोग गर्ने सबैको मानवीय भावना, उदारता र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको समाजले जनाएको छ।

सहयोग रकमले पीडित परिवारलाई राहत र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै समाजले अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!