मोना युथ क्लब युकेद्वारा देउसी भैलो कार्यक्रम आयोजना हुने

SHARE:

बेलायत – मोना युथ क्लब युकेले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि भव्य रूपमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली कला, संस्कृति तथा परम्पराको जगेर्ना गर्ने पवित्र उद्देश्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी शनिबार, ७ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी तथा ढिँडो घर मा सञ्चालन हुनेछ।

आयोजकका अनुसार कार्यक्रममा बेलायतवासी म्याग्देली तथा गैर-म्याग्देली सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूका साथै सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमका मुख्य आकर्षणहरू:
दीपावली शुभकामना आदानप्रदान
मौलिक देउसी भैलो कार्यक्रम
स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति
परम्परागत मनोरञ्जन: तास, खोरखोरे, त्रिपासा

थप जानकारी तथा सम्पर्कका लागि:
तारा गर्बुजा (अध्यक्ष): 07848 155972
अर्जुन पुन (संयोजक): 07379 35945
रबिन पुन (सचिव): 07828 22744

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!