अल्डरसटमा खुल्यो ‘टेम्पटेशन नाइट क्लब’

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको सैनिक सहरको रुपमा परिचित अल्डरसटको मुटु मानिने भिक्टोरिया रोडमा नेपाली व्यवसायीहरुले ‘टेम्पटेशन नाइट क्लब’ स्थापना गरेको छ । सो क्लबको गत शनिबार १९ जनवरीका बेलुकी स्थानीय रसमुर बरो काउन्सिलका मेयर काउन्सिलर स्टीभ मास्टरसनले रिबन काटी उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि समेत रहेका स्थानीय मेयर मास्टरसन र वल्र्ड च्याम्पीय बक्सर जोन राईडरले शुभकामना सहित बधाई दिएका थिए ।

एनआरएनए यूकेका उपाध्यक्षसमेत रहेका प्रेम गाहामगर लगायतको नेपाली समूहले सुरु गरेको नाइट क्लबको शुरुवात गरेको हो । साँझ ५ देखि बिहान ३ बजेसम्म खुल्ला गरिएको सो उद्घाटनको अवसरमा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष योगेन क्षेत्री, उपाध्यक्ष शेर सुनार, सुशीला राई, पुनम गुरुङ, एनआरएनए युकेका सल्लाहकार शिवजी श्रेष्ठ, गे्रटर रसमुर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे, महासचिव मान गुरुङ, गुल्मी जिल्ला समाजका अध्यक्ष राम गलामी, काउन्सिलर आलेक्स क्राफोर्ड, स्थानीय काउन्सिलका काउन्सिलर तथा पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा क्लबका संचालक प्रेम गाहा मगरले सबै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । अल्डरसट तथा फार्नबोरोमा नेपालीहरुको संख्यामा वृद्धि संगसंगै सो क्षेत्रमा नेपाली व्यवसायीहरुको पनि चासो बढ्दै आउने क्रममा सो क्लबको स्थापना भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!