काठमाडौं । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालका प्रतिनिधि र विभिन्न दलका सांसदहरूबीच ब्रिटिस गोर्खाका समस्या समाधानका लागि सहजीकरण बैठक सम्पन्न भएको छ ।
बैठकमा बेलायत सरकारले ब्रिटिस गोर्खा सैनिकमाथि पेन्सनमा गरेको विभेद अन्त्यका लागि सबै पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले बैठकबारे जानकारी दिएका हुन् । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद वर्षमान पुन, मधु चौलागाईं, सरश्वती तामाङ, नीता घतानीलगायत थिए ।
गेसोका सभापति कृष्णकुमार राई, हिमाल राईलगायत सहभागी थिए ।






