बेलायत – नेपालका पर्यटन मन्त्री खडकराज पौडेल र सांसद मनिष झाको उपस्थितिमा बेलायतको अल्डरशटमा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
स्थानीय काउन्सिलर तथा समाजसेवी ज्ञानप्रसाद गुरुङको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, प्रवासी नेपालीका सरोकार, पूर्व गोर्खा भूतपूर्व सैनिकका समस्या, वंशजको नागरिकता निरन्तरता लगायतका विषयमा महत्वपूर्ण छलफल तथा संवाद हुनेछ।
कार्यक्रम आगामी नोभेम्बर ५, २०२६ (बिहिबार) साँझ ६:०० बजेदेखि ८:०० बजेसम्म अल्डरशटस्थित एम्पायर हलमा सञ्चालन हुनेछ। आयोजकले बेलायतमा रहेका सम्पूर्ण संघ-संस्थाका प्रतिनिधि, भूतपूर्व गोर्खा तथा नेपाली समुदायका सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रम विवरण: मिति: बिहिबार ५ नोभेम्बर २०२६, समय: साँझ ६:०० देखि ८:०० बजेसम्म, स्थान: एम्पायर हल, अल्डरशट । थप जानकारीको लागि सम्पर्क: 07552






