रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

SHARE:

लन्डन । पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बिहीबार घोषणा गरेका छन् ।

पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेका छन् भने र १४६ गोल गरेका छन् । गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए ।

जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो । “मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ तर २३ वर्षसम्म यसलाई डोराउने, रक्षा गर्ने र विश्वभरका स्टेडियमहरूमा लिएर जाने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,” उनले थपे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!