बेलायतमा तमु अगुवाहरूसँग पर्यटनमन्त्री पौडेलको भेटघाट

SHARE:

लन्डन । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’सँग बेलायतमा रहेका तमु अगुवाहरूले रात्रिभोजसहित भेटघाट गरेका छन्।

बिहीबार ५ नोभेम्बरमा फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा भेटघाट कार्यक्रम भएको हो । भेटका क्रममा मन्त्री पौडेलसँग विभिन्न विषयमा विचार आदानप्रदान तथा अनुभव साटासाट गरिएको एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले जानकारी गराइन् । कार्यक्रमको समन्वय काउन्सिलर ज्ञान गुरुङले गरेका थिए।

भेटमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्षहरु पुनम गुरुङ, सूर्य गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु, तमु धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, तमु धीं यूके उपाध्यक्ष कमल गुरुङ, व्यवसायी दिलरास गुरुङलगायतको उपस्थिति थियो ।

मन्त्री पौडेल रास्वपाबाट कास्की क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । उनी नोभेम्बर २ मा लन्डन आएका हुन् ।

 

तस्बिर : पुनम गुरुङ फेसबुक

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!