नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बेलायती राजदूत रब फेनको शिष्टाचार भेट

SHARE:

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ । उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा बेलायतले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभएको थियो ।

भेटमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास तथा अन्य साझा सरोकारका क्षेत्रमा पारस्परिक हितका लागि बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल उत्सुक रहेको बताउनुभएको थियो ।

भेटका क्रममा राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न बेलायत इच्छुक रहेको बताउँदै आगामी साता टर्कीमा हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने जानकारी दिनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!