एनआरएनए यूकेको च्यारिटी म्युजिकल नाइट २०२७ जनवरीमा, राजेशपायल राई मुख्य आकर्षण

SHARE:

लन्डन । प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थाको आर्थिक सुदृढीकरण, नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्द्धन र बेलायतस्थित नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ‘एनआरएनए यूके च्यारिटी म्युजिकल नाइट २०२७’ आयोजना गर्ने भएको छ।

एनआरएनए यूके कार्यसमिति र युवा समितिको संयुक्त आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रम बेलायतका दुई स्थानमा आयोजना गरिनेछ। कार्यक्रमअन्तर्गत पहिलो प्रस्तुति सन् २०२७ जनवरी १ शुक्रबार फेल्थमस्थित फेल्थम लेजर सेन्टरमा हुनेछ। त्यसैगरी दोस्रो कार्यक्रम जनवरी ९ शनिबार अल्डरसटस्थित द एम्पायर हलमा आयोजना गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षण नेपालका लोकप्रिय गायक राजेशपायल राई रहनेछन्। उनका अतिरिक्त गायिका दीपा सुहाङ, शर्मिला बर्देवा, गायक प्रमोद शर्मा, अभिनेत्री लक्ष्मी गुरुङ र नृत्य कलाकार मिलन शाहीले समेत प्रस्तुति दिनेछन्। कार्यक्रम सञ्चालन स्वरूपा थापा मगरले गर्नेछिन्।

आयोजकका अनुसार कार्यक्रमबाट संस्थाको आर्थिक सुदृढीकरणमा सहयोग पुग्नुका साथै नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धन तथा बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमको टिकट अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट उपलब्ध गराइनेछ। टिकटको मूल्य र बुकिङसम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने एनआरएनए यूकेले जनाएको छ।

एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम लिम्बू र युवा समिति अध्यक्ष विशाल राईले बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था, जातीय तथा क्षेत्रीय समाज, व्यवसायी, समाजसेवी र नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सहयोग तथा प्रचारप्रसार गरिदिन आग्रह गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!