काठमाडौं । नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा संघीय संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार १३ नोभेम्बरमा रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।
अखिल रूसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी बिहान त्यसतर्फ प्रस्थान गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।
सम्मेलनमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहने छ। उनीसँग प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्यसमेत सहभागी छन् ।






