युके मगर संघ केन्ट शाखाले माघे संक्रान्ति मनायो

SHARE:

गोपाल थापा
लण्डन । सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिँदै परापूर्बकालदेखि मगर समुदायमा माघ संक्रान्ति पर्व मनाउँदै आएको छ । यो पर्व जाडो यामको समयमा यानिकी माघ महिनाको सुरुवाती दिनमा पर्दछ । भनिन्छ माघे संक्रान्तिदेखि दिन लामो हुँदै जाने र न्यानोपन बढ्दै जाने साथै नयाँ वर्षको आरम्भ भएको मानिन्छ । विशेष यो पर्वमा कुलपितृहरुलाई सम्झने, चेली (माईतीको सम्बन्ध प्रगाढ गराउने, मेला महोत्सवमा जम्मा भइ रमाइलो गर्दै छेलो खेल्ने, तारो हान्ने आदि परम्परा छ । यो पर्व मान्नका लागि प्रयोग गरिने तरुल, पिडालु, सक्खरखण्ड, गेडागुडी तथा अन्नको मिश्रण (खिचडी) आदि खाने गर्दछ । मुलतः यस पर्वलाई नेपाल सरकारले मगरहरुको राष्ट्रिय चाड भनि घोषणा गरेकाले पनि मगरहरुले आप्mनो मुख्य चाडको रुपमा मनाउँदै आएका छन् ।

यही क्रममा केन्ट मगरबासीहरुले गत शनिबार १२ जनवरी २०१९ दक्षिणपूर्बी सुन्दर नगरी फोक्सटन शहरको स्थानीय खेल मैदानमा रहेको अति सुबिधायुक्त पाठशालाको बैठक कक्षमा भेटघाट कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न गरेको छ । उक्त भेलाको मुख्य उद्देश्य बेलायत संयुक्त अधिराज्य केन्टमा छरिएर बस्दै आएका सम्पूर्ण मगरहरुलाई एकैथलोमा जमघट गराई बर्षभरीको दुःख–सुखका थकाईको भारी बिसाई आपसी सद्भाव तथा सौहाद्र्धता अभिवृद्धि गर्नुरहेको थियो । युकेको ब्यस्तताको बाबजुद पनि केन्ट मगरबासीहरुको बाक्लो उपस्थिति थियो । त्यही उपस्थितिमा साना नानीहरुदेखि सब सबै मगर भेषभूषामा सजिएका थिए । जसले आफ्ना समाज र गाउँठाउँका कला, संस्कृति र मौलिकता झल्काएको थियो ।
केन्ट शाखाका अध्यक्ष रामबहादुर पुनका अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कमार बुढाले उपस्थित भेला र आमन्त्रित विभिन्न अतिथिहरुलाई आसन ग्रहण गराउँदै स्वागत मन्तब्य दिएका थिए । त्यसको लगतै समाजका उपाध्यक्ष नानीबाबु मगरले पनि भेलालाई स्वागत मन्तब्य राख्दै स्वास्थ्य र सुरक्षासम्बन्धि पालना गर्नुपर्ने बिषयमा जानकारी गराएका थिए । त्यसपश्चात अध्यक्ष पुनले माघे संक्रान्ति र संस्थाको विषयमा केही जानकारी दिदै उपस्थित सम्पूर्ण अतिथि तथा समाजका महानुभावहरुलाई स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

क्रमशः औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ मुख्य अतिथि मगर संघ युकेका उपाध्यक्ष सीता पुन, नेपाली समाज फोकस्टनका अध्यक्ष चन्द्रबहादुर गुरुङ, समाजका उपाध्यक्ष नानीबाबु मगर र अध्यक्ष पुनले पानसमा दीप प्रज्वलन गरी नेपाली राष्ट्रिय गानको साथ कार्यक्रम अगाडि बढाएको थियो । पहिलो चरणको कार्यक्रम समापनपछि मुख्य अतिथि पुन, अध्यक्ष गुरुङ र ए स्टार मोर्गेज सल्लाहकार रमेश सराङ्गकोटी लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

दोस्रो चरणमा कलाकाहरुले एकल र सामूहिक गीत तथा नाच प्रस्तुत गरेका थिए । जसमा कलाकारहरुमा नविना पुन, शुभम पुन, ईज्मी थापा, रिया थापा, बिष्णु काउचा, पुर्ना थापा, जेष्ठ नागरिक समूह, किशा सारु, अनिका सारु, सम्झना बुढा, कविता घर्तिमगर, सहारा घर्तिमगर, हिक्मतसिङ रोका अनि समूह, छम मायाँ थापा, ईन्द्रा थापा, पुजा पुन, उत्तर मगर अनि समूह रहेका थिए । साथै गीत पश्चात संस्थाका बाल कलाकारहरुले आ–आफ्ना उत्कृष्ट नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउने जिम्मा पाएका उद्घोषिकाहरु सजना थापा र सभ्यता पुनले मनोरञ्जनात्मक कार्यक्रमको बीच–बीचमा रमाईला चुड्किला, कविता र मुक्तक वाचन गरी कार्यक्रमलाई थप उर्जा दिएका थिए । यसको लगतै सम्मान कार्यक्रम रहेको थियो । जसमा विभिन्न बिषयमा सफलता प्राप्त गर्ने उत्कृष्ट ब्यक्तिहरुलाई समुदायको तर्फबाट हार्दिक धन्यबादको साथमा प्रमाणपत्र र खादा ओढाई सम्मान गरिएको थियो । त्यस्तैगरी संस्थाप्रति सदैव सदभाव र सहयोग गर्ने बाल कलाकारहरुलाई पनि केही उपहारको साथ सम्मान गरिएको थियो । उक्त कार्यक्रमपश्चात सदाझै यस वर्ष पनि सामूहिक फोटो खिचिएको थियो ।

लगभग अन्ततिर कार्यक्रमलाई थप मनोरञ्जन बनाउन भाग्योदय तम्बोलाको पनि आयोजना गरिएको थियो । जसलाई काशिराम राना र सारदा पुन संयुक्त रुपले सञ्चालन गरेका थिए । त्यसतैगरी नेत्र रानाले सालैजो अनि अन्य गीतहरु प्रस्तुत गरी सबैलाई भरपुर मनोरञ्जन दिनुका साथै माहोल तताएको थियो । कार्यक्रमको अन्तमा संस्थाका अध्यक्षले यस बर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण आगन्तुकलाई धन्यबाद दिँदै अर्कोबर्ष यसरी नै कार्यक्रमलाई सफल पारीदिन भेट्ने बाचा गर्दै कार्यक्रम अति सौहार्दपूर्णका साथ समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!