नेपाल भ्रमण वर्ष २०२० सफल पार्न लन्डनमा उच्चस्तरीय समिति गठन

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा एक उच्चस्तरीय मूल समिति गठन भएको छ । गत शनिवार १९ जनवरी साँझ नेपाली दूतावास भवन लण्डनमा सो समिति गठन गरिएको हो । नेपाल सरकारले नेपाल भ्रमण वर्ष (भिजिट नेपाल २०२०) लाई भव्य रुपमा सफल बनाउने योजनाअनुरुप नेपाली दूतावास लण्डनको सक्रियतामा सो समिति गठन गरिएको हो । सो समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण चयन भएका छन् ।

सो समितिले ‘युकेबाट आफ्नो घरमा एकजना साथी पठाऔं’ भन्ने नाराका साथ सन् २०१९ र २०२० मा पर्यटन प्रवद्र्धनका लागि विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साथै, सो अभियानलाई विभिन्न सामाजिक संजाल र संचार माध्यमहरुमार्फत व्यापक प्रचारप्रसार गरी सन् २०२० मा बेलायतबाट करीब एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको बताइएको छ । नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा नेपाली राजदूत डा. सुवेदीले सन् २०१६ मा ४६ हजार, २०१७ मा ५१ हजार र २०१८ मा ६३ हजार पर्यटक बेलायतबाट नेपाल भ्रमण गरेको जानकारी दिँदै यसवर्ष अर्थात् २०१९ मा करिब ८० हजार बेलायती पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिइएको बताए ।

सो उच्चस्तरीय मूल समितिमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल सोसाइटी, ब्रिटेन नेपाल एनजीओ नेटवक्र्स, यूके नेपाल फ्रेन्डसिप सोसाइटी, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रस्ट, एनआरएनए यूके, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशील संघसंस्थाका अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।

लेबर पार्टीका सांसद वीरेन्द्रद्रशर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इन्जिनियर घनश्याम पौडेल र संयुक्त श्रेष्ठले ‘टेकु दोभान अ यूके नेपाल फ्रेन्डसीप प्रोजेक्ट’ बारे प्रस्तुति दिएका थिए । त्यस्तै, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पर्यटन प्रवद्र्धनसम्बन्धी एक भिडियो प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बेलायतस्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!