अमेरिकाको लास वेगासमा चारदिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक शो (सिआईएस) मा फ्रेन्च कम्पनी फास्टिशले अंग्रेजी अक्षरको वाई (थ्) आकारको डिजाइनसहित एउटा यस्तो विद्युतीय टुथब्रस सार्वजनिक गरेको छ जसले १० सेकेन्डभित्रै दाँत सफा गर्ने क्षमता राख्छ । कम्पनीका अनुसार यो स्मार्ट टुथब्रसलाई दाँतमा फिट गर्न सकिनेछ र बटन दबाउने बित्तिकै यो भाइब्रेट हुन्छ जसका कारण दाँत सफा हुन्छ ।
अन्य टुथब्रसभन्दा १५ गुणा बढी किटाणु हटाउनेछः
– यो नयाँ टुथब्रसमा नाइलनका स–साना ब्रिसल्स राखिएका छन् । यो दाँतमा निकै सजिलै फिट हुने तरिकाले डिजाइन गरिएको छ ।
– यो टुथब्रसमा टुथपेष्ट राखेर पहिलो पाँच सेकेन्ड तलको दाँत र अर्को पाँच सेकेन्ड माथिल्लो दाँतमा फिट गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
– दन्त चिकित्सकले दुई मिनेटसम्म दाँत माझ्ने सल्लाह दिइरहेका बेला कम्पनीले भने यो ब्रसले १० सेकेन्डमा नै दाँत सफा गर्ने त्यो पनि १५ प्रतिशत बढी अर्थात् अन्य टुथब्रसको तुलनामा यो स्मार्ट ब्रस १५ प्रतिशत बढी किटाणु सफा गर्न सक्षम भएको कम्पनीको दाबी छ ।






