तमु प्ये ल्हु संघ युकेका अध्यक्ष खुशीमान र फोटो पत्रकार मिलनलाई सम्मान

SHARE:

पोखरा । तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङ र फोटो पत्रकार मिलन गुरुङलाई मिलन डी.जी. इन्टरनेशनल प्रालि र तमुस्यो रि च्हमी परिवारले स्वागत सम्मान गरेका छन् । शनिबार एक कार्यक्रमबीच तमु द्वयलाई मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङ र तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले फेटा, पुष्पगुच्छा र खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा उनीहरूलाई मिलन डी.जी. प्रवक्ता रूद्रबहादुर श्रीस, मिलन फाउन्डेशन नेपालका प्रचारप्रसार संयोजक एवं फोटो पत्रकार मणि गुरुङ, तमुस्यो रि च्हमी परिवारका सदस्यहरू पुनम गुरुङ, सुगन्ध गुरुङ र सुशीला गुरुङ, गुरुङ चलचित्र अभिनेत्री खुशी गुरुङलगायतले स्वागत गरेका थिए ।

स्वागत ग्रहणपछि बोल्दै तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमानले नेपालमा पाएको सम्मानले आफूलाई निकै खुसी लागेको बताए । आगामी दिनमा संस्थागत सम्बन्धलाई स्थायित्व दिन यस सम्मानले अझै हौसला मिल्ने बताउँदै अध्यक्ष गुरुङले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनलेगुरुङ चलचित्रको बजार प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेको समेत बताए ।

प्रवक्ता श्रीसले मिलन डी.जी. इन्टरनेशनलको ब्यानरमा निर्मित पहिलो चलचित्र ‘भेडी गोठाले’ को बेलायत प्रदर्शनका लागि आयोजक बनेर महत्वपूर्ण सहयोग गरेकोमा तमु प्ये ल्हु संघ, बेलायतलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग र सहकार्यको अपेक्षा राखे । साथै, उनले फोटो पत्रकार गुरुङले समेत प्रचारप्रसारका क्षेत्रमा निकै महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा गरे ।
तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले तमुस्यो रि च्हमी परिवारले गर्दै आएका सामाजिक कार्यहरूका बारेमा जानकारी गराउँदै विभिन्न सामाजिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताइन् । सो अवसरमा तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमानले तमुस्यो रि च्हमी परिवारलाई सहयोग स्वरुप ११ हजार रुपैयाँ नगद प्रदान गरे ।
तमु प्ये ल्हु संघ, बेलायतको आयोजनामा बेलायतमा सामुदायिक भवन तथा क्होइबो धिं निर्माण सहयोगार्थ मिलन डी.जी. इन्टरनेशनल प्रालिको ब्यानरमा निर्मित पहिलो चलचित्र ‘भेडी गोठाले’ प्रदर्शन गरिएको थियो । जसमा तमु चलचित्र प्रदर्शनबाट १ हजार ५ सय पाउन्ड र चलचित्रका कार्यकारी निर्माता समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ का तर्फबाट ५ सय पाउन्ड गरी २ हजार पाउन्ड तमु प्ये ल्हु संघ, बेलायतलाई हस्तान्तरण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!