एटा संवाददाता
आसफोर्ड (बेलायत) । लिम्बुवान नागरिक समाज बेलायतको चौथो महाधिवेशनले छत्र वनेमलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । वनेम यसअघि महासचिव थिए ।
गत शनिबार १९ जनवरीका दिन आसफोर्डमा भएको महाधिवेशनले वनेमको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षहरूमा श्रीकुमार जवेगू, मनमाया नेम्वाङ, नवराज काम्वाङ, दिलकुमार इङ्वारम रहेका छन् ।
महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा मान माबोहाङ, कोषाध्यक्षमा विकास हेल्लोक, सहकोषाध्यक्षमा शमशेर ताप्मादेन, जनसम्पर्क संयोजकमा शरण पङ्धाक, मिडिया संयोजकमा अमित थेवे र सांस्कृतिक सचिवमा जानू काम्वाङ लिङ्देन रहेका छन् । समिति सदस्यहरूमा दिलकुमारी मादेन, सिर्जना सम्बाहाम्फे, दिलकुमारी लाबुङ, टीका सम्बाहाम्फे, रनवीर योङहाङ, प्रेम लिम्बु, राम निङ्लेकु, मोहन सोदेम्वा, कृष्ण फोम्वो, दीपेन्द्र खिम्दिङ, गंगा खिम्दिङ, गडुलध्वोज मादेन, दिलकुमार तुम्बाहाम्फे, नरजङ्ग मावोहाङ, सुवतराज मावोहाङ र तिलवीर खवाहाङ छन् ।
समितिको कार्यकाल तीन वर्ष रहनेछ । समाजले नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनलाई जोड्न नेपाल संयोजकमा निलिफा सुब्बा र सहसंयोजकमा दिलकुमार लाबुङलाई तोकेको नवनिर्वाचित अध्यक्ष वनेमले बताए ।
समाजका सल्लाहकार दिलकुमार सम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष श्री साम्यू, याक्थुङ चुम्लुङ बेलायतका पूर्वअध्यक्ष डम्मर सिङ्गक, गैरआवासीय नेपाली संघ बेलायतका पूर्वमहासचिव विजय लिङ्देन लगायतका अतिथि उपस्थित थिए ।
निवर्तमान अध्यक्ष नरेन्द्र माबोहाङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव छत्र वनेमले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विकास हेल्लोकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा गायिका अमृता सम्बाहाम्फेलाई पनि समाजले सम्मान गरेको थियो ।
लिम्बुवान प्राप्तिको आन्दोलनलाई नागरिक तहबाट सहयोग पु¥याउन सन् २००९ मा समाजको स्थापना गरिएको निवर्तमान अध्यक्ष माबोहाङले बताए ।






