एटा संवाददाता
फार्नबरो । बेलायतमा क्रियाशील उद्यमी तथा व्यापारीहरुबीच एकअर्कामा अनुभव आदानप्रदान गरिएको छ ।

गत मंगलबार २२ डिसेम्बर साँझ फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फार्नबारो अल्डरसट क्षेत्रका उद्यमी तथा व्यवसायीहरुले आ–आफूले गरेका पेसा र व्यवसायको बारेमा जानकारी गराएका थिए । सो अवसरमा विगत १३/१४ वर्षदेखि फार्नबोरोको बसाइपश्चात् इंग्ल्यान्डको नर्थ हडर्सफिल्डमा बसाइँसराई गर्न लागेका प्रोपर्टी तथा पत्रकारितामा आबद्ध हरि कुमार (काजी) गुरुङलाई बिदाई गरिएको थियो ।
त्यस्तै, बेलायतमा केही वर्ष ग्रोशरी व्यवसाय गरी हाल नेपाल सरकारलाई वित्तीय क्षेत्रमा कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएका दिपक न्यौपानेलाई स्वागत गरिएको थियो । सो भेटघाटमा विभिन्न पेसा तथा व्यवसायमा आवद्ध रहेका सूर्यप्रकाश गुरुङ, सूर्य गुरुङ, कृष्ण गुरुङ, ओशो प्रकाश गुरुङ, मधुकर गुरुङ, मेग गुरुङ, दिलरास गुरुङ, हित काजी गुरुङ र नगेन्द्र नेम्वाङलगायतले पनि आ–आप्mनो अनुभव साटासाट गरेका थिए ।
आफ्नो पेसा तथा व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा आउँदो फेब्रुअरी महिनाको पहिलो हप्तामा एक अनुभव आदाप्रदान कार्यक्रमको आयोजना गरिने माउसटेल वेभ सर्भिसेजका निर्देशक मान गुरुङले जानकारी दिए ।
कार्यक्रम माउसटेल वेभ सर्भिसेज र गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडको सक्रियतामा गरिएको थियो ।






