तामाङ समुदायले सोनाम ल्होछार भव्य रुपमा मनाउने, टुँडिखेलमा दुई दिन महोत्सव

SHARE:

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय सास्कृतिक पर्व २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अवसरमा माघ २१ र २२ गते टुँडिखेलमा महोत्सव गरी मनाउने भएको छ । चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गरी दुई दिनसम्म मनाइने महोत्सवबारे जानकारी गराइएको थियो ।

‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो साँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक आधार’ मूल नाराका साथ मनाइने तामाङ सांस्कृतिक महोत्सवलाई प्रधानमन्त्री केपी ओलीले समुद्घाटन गर्ने भएका छन् । तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको संयोजकत्वमा १०० भन्दा बढी तामाङ संघ, संस्थाहरु मिलेर सोनाम ल्होछार मूल आयोजक समिति गठन गरी तिब्र तयारी गरिरहेको छ । सम्मेलनमा दिएको जानकारीअनुसार अघिल्लो दिन माघ २१ गते खि ल्हो (कुकुर बर्ष) को बिदाईको अवसरमा मैत्रीपुर्ण ल्होछार कप फुटबल प्रतियोगिता, पूजाआजा, ल्होछार इभ, साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन फाग् ल्हो (सुंगुर बर्ष) को पहिलो दिन माघ २२ गते रत्नपार्क, शान्ति बाटिकाबाट झाँकीसहितको र्‍याली, प्रधानमन्त्रीबाट समुद्घाटन, शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम सञ्चालन हुने घेदुङका महासचिव बाबु घिसिङले बताए ।

तामाङ घेदुङको संयोजकत्वमा सयभन्दा बढी तामाङ संघ संस्थाहरु सम्मिलित सोनाम ल्होछार मूल आयोजक समिति गठन भइसकेको जानकारी दिएका थिए । महोत्सबमा दुवै दिन विभिन्न स्टलहरुमा तामाङको मौलिक खानपिन, भेषभूषा, पुस्तक, थाङ्का, कपडा बुन्ने तान आदिको समेत प्रदर्शन गरिने बताए ।

ल्होछारको सार्वजनिक बिदा कटौती गरिनु राज्यले आदिवासी समुदायको पर्वमाथि नाङ्गो रुपमा साँस्कृतिक आक्रमण भएको घेदुङले बताउँदै आएको छ । ल्होछारको बिदा पुनर्स्थापना र ताम्सालिङ पहिचानको सुनिश्चितता नभएसम्म आवाजलाई बुलन्द बनाइराख्ने घेदुङले जनाएको छ । यसबर्षको ल्होछार महोत्सब मूल समारोहको कार्यक्रम भिन्न हुने संघिय अध्यक्ष मोहन गोलेले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!