शहीदलाई नभुल

SHARE:

देशको अग्रगामी परिवर्तनका लागि धेरै शहीदले बलिदानी दिएका छन् । आफ्नो ज्यानको आहूति दिएर देशको मुहारमा उज्यालो ल्याउने शहीदलाई औपचारिकताका लागि मात्र सम्झने काम भएको छ । यो वर्ष पनि शहीद दिवस मनाइयो त्यसरी नै । शहीदको सम्झना गरियो विगतमा जस्तैगरी । केवल औपचारिकताका लागि, केबल सम्झनाका लागि ।

देशमा परिवर्तनका लागि, सुशासनका लागि, जनताको मुहारमा खुशीका लागि शहीदले दिएको बलिदानलाई सम्झना गरेर औपचारिकता निर्वाह गरेर मात्र हुँदैन । शहीदहरुले दिएको योगदानको कसरी सम्मान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी छ । शहीदहरु केबल मूर्ति मात्र होइनन, उनीहरुको योगदानका कारण मुलुकले जहानिया राणा शासन होस वा पञ्चायती शासन । निरंकुश राजतन्त्र होस वा एकात्मक शासन व्यवस्था । सबै किसिमका अतिवादहरुको अन्त्य शहीदहरुको योगदानको कारण भएको छ । उनीहरुको योगदानको सम्मान गर्न जरुरी मात्र होइन अनिवार्य छ ।

शहीदहरुलाई वर्षमा एकपल्ट र उच्च तहमा पुगेर शासन सत्ता हातमा लिएपछि औपचारिकता निर्वाह गर्नका लागि सम्झेर मात्र उनीहरुको सम्मान हुँदैन । उनीहरुको सम्मानका लागि देशको परिवर्तनको औचित्यताको पुष्टि गर्न सक्नुपर्छ । देशमा परिवर्तन, जनतामा परिवर्तन नै शहीदको सपना हो । शहीदले आफ्ना प्यारो ज्यान त्यसै खर्चेका होइनन्, उनीहरुले आफ्नो ज्यान बली चढाउँदा देशले र जनताले सुख पाउँछ भने ज्यान दिन तयार भएका हुन् । त्यसैले शहीदभन्दा यहाँ अरु हुन सक्दैन । शहीदको बलिदानी कारण आज देशमा धेरै राजनीतिक परिवर्तन भए । उनीहरुको योगदानका कारण जनताको शासन आयो । जनताले जनताकै लागि शासन गर्ने पद्दतिको विकास भयो । अझ गरिब, निमुखा, उपेक्षित उत्पीडितका लागि लामो संघर्ष गर्दै आएको कम्युनिष्ट सरकारको शासन अहिले चलिरहेको छ । वास्तवमा यतिबेला जनताका लागि खास गर्ने बेला हो । जनताले राहत पाए भने पक्कै पनि शहीद खुशी हुनेछन् । शहीदको सपना पूरा हुनेछ ।

जनताले गाँस, बास र कपासको यथोचित अनुभूति गर्न सक्नुपर्छ । जनताले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूति आवश्यकता सहजै पाउनुपर्छ । जनताले सर्वसुलभ रुपमा उच्च प्रविधिको प्रयोग गर्न पाउनुपर्छ । समावेसी लोकतन्त्रको मर्मअनुरुप सबैले शासन सत्तामा सम्मानजनक उपस्थिति बनाउन पाउनुपर्छ । जनताको लागि जनताले नै गर्वका साथ सुशासन गर्ने दिन सधै रहनुपर्छ । जनताका शासक निरंकुश बन्नु हुँदैन । जनताको आवश्यकता र अभावको सम्बोधन राज्यले तत्काल गर्न सक्नुपर्छ । दासताको अन्त्य हुनुपर्छ, विभेदको नामोनिसान रहनु हुँदैन । त्यसैले पनि जनताको शासन, जनताका लागि हुन सकेमा पक्कै पनि शहीदको सपना पूरा हुनेछन् । जनतालाई सर्वोपरि राखेर काम गरेमा पक्कै पनि शहीदको सम्मान हुनेछ । होइन भने शहीदको अपमान हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!