बेलायतवासी नेपालीहरुले पनि पोखरा म्याराथनमा भाग लिँदै

SHARE:

एटा संवाददाता
अल्डरसट । भूतपूर्व खेलाडी मञ्च पोखराले प्रत्येक वर्ष आयोजना गर्दै आएको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा बेलायतवासी नेपालीहरुले पनि भाग लिने भएका छन् । ‘दौडौं स्वास्थ्यको लागि : दौडौं पोखराको लागि’ भन्ने मूल नाराका साथ आउने १३औं श्रृंखलाको रुपमा १९ फेब्रुअरीका दिन पोखरामा म्याराथनको आयोजना हुन लागेको हो ।

एक लाख रुपैयाँको पुरस्कार राखिएको दौडमा बेलायतबाट १९ जनाले भाग लिनेछन् । सोमध्ये धेरैजसोले १० किमीको फन रनमा भाग लिने बताइएको छ । सो प्रतियोगिताका लागि पोखरेली मञ्च युकेका अध्यक्ष मान गुरुङ आउने १३ फेबु्रअरीका दिन मातृभूमि नेपाल जाने भएका छन् । त्यस्तै, अरु सहभागीहरु समेत आ–आफ्ना तरिकाले कोही आपूmभन्दा अघि कोही आपूmभन्दा पछि नेपाल जान लागेको अध्यक्ष गुरुङले जानकारी दिए ।

सो दौड प्रतियोगितालाई भव्य रुपमा सफल बनाउनका लागि पोखरेली मञ्च युकेको अगुवाईमा सहयोग रकम समेत संकलन भइरहेको छ । ‘स्पोर्टस् टुरिजम’ को रुपमा समेत हेरिएको सो प्रतियोगितालाई व्यापक र भब्य रूपमा सम्पन्न गराउन बेलायतवासी पोखरेलीहरुले आ–आफ्नो क्षेत्रबाट बौद्धिक, आर्थिक, भौतिक, भावनात्मक एवं नैतिक सहयोग गर्न पोखरेली मञ्च युकेले अनुरोध गरेको छ ।

सो प्रतियोगिताका लागि मञ्चका अध्यक्ष मान गुरुङ, उपाध्यक्ष करम गुरुङ र कोषाध्यक्ष एवं म्याराथन संयोजक कमल गुरुङ नेपाल जान लागेको उपाध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए । सो प्रतियोगितामा ४२ कि.मि को खुल्ला म्याराथन सँगसँगै १० कि.मि रेस (महिला तथा पुरुष), विद्यार्थीका लागि ५ कि.मि. रेस , विलचीयर रेस, १०० मिटर रेस, दृष्टिबिहीन रेस र फन रन समेत हुने आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

स्मरण रहोस्, पोखरेली मञ्च युकेले बेलायतमा क्रिकेट खेल र हाईक फर नेपालको आयोजना गरिसकेका छन् भने यसपटक पोखरा म्याराथनलाई स्पोर्टस् टुरिजमसँग जोडेर बेलायतबाट ठूला संख्यामा नेपालमा जान लागेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!