तमुधिं युकेको बैठक : ल्होछारको समीक्षा, गोर्खा कपबारे छलफल

SHARE:

एटा संवाददाता
मिचेट । तमुधिं युकेले गत ३० डिसेम्बर २०१८ मा सम्पन्न तमु (गुरुङ)हरुको महान् पर्व ल्होछारको समीक्षा गरेको छ । गत २ फेब्रुअरी २०१९ शनिबारका दिन मिचेटस्थित तमुधिं भवनमा सम्पन्न बैठकले ल्होछारको समीक्षा गरेको हो । ल्होछार पर्वलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएको थियो । साथै, बैठकमा आगामी मे महिनाको २६ तारिखका दिन सम्पन्न गोर्खा कपको तयारीबारे समेत छलफल गरिएको थियो ।

तमुधिं युकेका आजीवन सदस्य र सल्लाहकारहरुको समेत विशेष उपस्थिति रहेको बैठकमा तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले नेपाल भ्रमणको क्रममा तमु प्रतिष्ठान, तमुधिं नेपाल, तमु ह्युल छोज धिंलगायत विभिन्न संघसंस्थाहरुसँग भएको भेटघाटको बारेमा अवगत गराएका थिए । उनले संस्थालाई अगाडि बढाउनका लागि दिएको सल्लाह र सुझावलाई मार्गनिर्देशनको रुपमा लिने विश्वास व्यक्त गरे । सो अवसरमा निवर्तमान अध्यक्ष ज्ञाम गुरुङले वर्तमान अध्यक्ष नन्दजङ्ग गुरुङलाई संस्थागत कागजातहरु हस्तान्तरण गर्दै शुभकामना दिएका थिए ।

बैठकमा तमु फोरमका निर्देशक क्या. राजु गुरुङले तमु फोरमको बारेमा, चारभञ्ज्याङ्ग तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण गुरुङले चारभञ्ज्याङ्ग तमु समाजले आयोजना गर्न लागेको च्यारिटी कार्यक्रम बारेमा, तमुधिं युकेका खेलकुद सचिव क्याप्टेन पीताम्बर गुरुङले गोर्खा कपको तयारी बारेमा र महासचिव तुलाराम गुरुङले तमुधिं युकेले वर्षभर गरिने कार्यक्रम बारेमा जानकारी गराएका थिए । ल्होछारको समीक्षा तथा गोर्खा कप तयारीमा केन्द्रित बैठक तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुलराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!