झुमा, पुनम र सीताको नेपालमा निरन्तर सहयोग

SHARE:

एटा संवाददाता
फार्नबोरो । झुमा र पुनम बेलायतको जनसमुदायमा चटपटे बेचेर च्यारिटीमा सहयोग गर्नेमध्येका परिचित नाम हुन् । हालै झुमा र पुनम आफ्नो जन्मभूमि नेपाल गई बाल्यकाल बिताएको गाउँघरलाई सम्मान गर्दै विद्यालयका विद्यार्थीहरुको प्रोत्साहनका लागि शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । तर, यसपटक भने सीता उनीहरुसँग नेपाल पुगिनन् ।

साईनोले झुमा र पुनम फुपु र भदैनी हुन् । दुईजनाकै जन्म पाँचथर फिदिम नगरपालिका वडा नंं. १४ वासुम (साविक लुङ्गरुपा गाविस) मा भएको हो । जन्मभूमि वासुमस्थित श्री महादेव गुप्तेश्वर माविमा एक औपचारिक कार्यक्रम आयोजना गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई किताब बोक्ने झोला झुमाले वितरण गरेकी थिइन् भने सोही विद्यालयमा अध्ययनरत तीनजना अपाङ्ग विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो ज्याकेट पुनमले प्रदान गरिन् । त्यसैगरी रामचन्द्र फागो र खेम्सेक फागोले पनि ४ जना जेहेन्दार विद्यार्थीहरुलाई न्यायो ज्याकेट प्रदान गरेका थिए ।

सहयोग वितरण सामारोहका प्रमुख अतिथि एवं सोही नगरपालिका वडा नं. १४ का अध्यक्ष हेमबहादुर वनेम, विशेष अतिथि युकेबाट गएका जीवन वनेम फागो, पाँचथर समाज सेवा युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटा, स्कुल संयोजक डिल्लीकुमार राईको उपस्थिति रहेको थियो । सो कार्यक्रमलाई शिक्षक सुरेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

झुमा र पुनमले जन्मभूमिलाई त सम्मान गरे नै पुनमको कर्मभूमि झुमाको मावली गाउँ फाल्गुनन्द गाउँपालिका २ इम्बुङ्गलाई पनि बिर्सेनन् । फाल्गुनन्द गाउँपालिकास्थित श्री सत्यहाङ्गमा माविमा पनि एक औपचारिक कार्यक्रमा गरी झुमाले कक्षा १ देखि १० सम्मकै विद्यार्थीहरुलाई कपी र कलम वितरण गरेका थिए भने पुनमले तीन जना अपाङ्ग विद्यार्थीहरुलाई जाडोमा ओड्ने न्यानो ज्याकेट प्रदान गरेका थिए । श्री महादेव गुप्तेश्वर माविमा आयोजित कार्यक्रम समाजसेवी युवा मन्जित वनेमले संयोजन गरेका थिए भने श्री सत्यहाङ्गमा माविको कार्यक्रम शिक्षक लालबहादुर नेम्वाङले संयोजन तथा सञ्चालन गरेका थिए ।

स्मरण रहोस् झुमा, पुनम र सीताले बेलायतमा आयोजित विभिन्न कार्यक्रममा चटपटे बेचेर २०७२ सालमा भूकम्पपीडितहरुलाई पश्चिम बारपाकमा १ लाख रुपैयाँको हाराहारीमा खाद्यान्न सहयोग गरेका थिए । पूर्वी ताप्लेजुङ्ग जिल्लामा पहिरोपीडितहरुलाई पनि १ लाख रुपैयाँको चामल, नून, तेल खरिद गरी सीता स्वंय ताप्लेजुङ्ग पुगी वितरण गरेका थिइन् ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ युकेलाई चुम्लुङ हिम खरिद गर्नका लागि एक हजार पाउन्ड सहयोग गरेका थिए । उमेरले ३५ वसन्त पार नगरेका झुमा, पुनम र सीता समाजसेवाका लागि सचेत, सक्षम र उदाहरणीय देखिन्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!