श्रृजनशील नेपाली समाजद्वारा शिव मन्दिरलाई सहयोग

SHARE:

एटा संवाददाता
अल्डरसट । श्रृजनशील नेपाली समाज यूकेले शिव मन्दिर भवन खरिद सहयोगार्थ १३ हजार दुई सय १५ पाउन्ड ५५ पेन्स आर्थिक सहयोग गरेको छ ।

अल्डरसटस्थित क्वीन्स रोडमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले खरिद गर्न लागेको भवनको सहयोगार्थ श्रृजनशील नेपाली समाजले सो रकम गत सोमबार २९ जनवरीका दिन एम्पायरस्थित शिव मन्दिरमा हस्तान्तरण गरको हो । श्रृजनशील नेपाली समाज यूके शिव मन्दिर परियोजनाका संयोजक एवं समाजका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीले कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङलाई चेक बुझाए ।

सो अवसरमा श्रृजनशील नेपाली समाज यूकेको तर्फबाट प्रमुख संरक्षक एवं एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार, श्रृजनशिल नेपाली समाज यूकेका अध्यक्ष भक्त दर्जी, निवर्तमान अध्यक्ष धनबहादुर सार्की, उपाध्यक्ष दिलबहादुर नेपाली, खिम सदाशंकर, प्रेम विश्वकर्मा, नविन रसाईली , चेतबहादुर परियार, ओमबहादुर परियार, श्याम रिसाल र संगीता गैरेको उपस्थिति रहेको थियो । त्यस्तै, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेको तर्फबाट अध्यक्ष रोहित गुरुङ, महासचिव बिक्रम भट्टराई, कोषाध्यक्ष वाचस्पति रेग्मी रहेका थिए । सो अवसरमा ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेका अध्यक्ष जीवन बेल्वासेको विशेष उपस्थिति रहेको थियो ।

स्मरण रहोस्, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले शिव मन्दिरका लागि ३ लाख पाउन्डमा सो भवन खरिद गरिसकेको छ । सो भवनलाई विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गर्ने क्रममा श्रृजनशील नेपाली समाज यूके ठूलो रकम सहयोग गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!