हिमपातका बेला ड्राइभिङ्ग गर्दा ध्यान दिने कि ?

SHARE:

बेलायतमा साधारण जनतादेखि कर्मचारी, व्यापारी र उच्च ओहदाका अधिकृतसम्मका व्यक्तिहरुमध्ये धेरैजसोले आफै सवारी साधन चलाउँछन् । सरकारले सवारी चलाउनका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । र, सो लाईसेन्स लिनका लागि आवश्यक प्रशिक्षण लिनु पर्दछ । जसमा प्रतिकूल मौसममा समेत चलाउन बिशेष प्रशिक्षण दिने गरिन्छ । बेलायतको मौसम छिनछिनमा परिवर्तन भैरहन्छ । कहिले घाम, कहिले पानी, कहिले शीत र कहिले हिउँ पर्ने गर्दछ । अरु मौसममा भन्दा बढी हिमपातको बेलामा बिशेष ध्यान दिनुपर्ने नेम्वाङ्ग मामा ड्राइभिङ्गका प्रशिक्षक नगेन्द्रराज नेम्वाङ्ग बताउँछन् ।

उनका अनुसार, गत हप्ता बेलायतको चारैतिर हिउँले सेताम्मै छाएको थियो । त्यसबेला धेरै सवारीहरु दुर्घटना हुन पुग्यो । ड्राईभिङ्ग एक आधारभूत आवश्यकता भएकाले यसलाई बन्द भने गर्न सकिँदैन । र, यस्तै हिमपातको बेला ड्राइभिङ्गमा अवरोध पुर्‍याउने संभावना बढी नै हुन्छ । हिमपात भएको सडकमा गाडी चलाउँदा चिप्लिने र गाडी दायाँ बाँया गएर ठोक्किने संभावना बढी हुन्छ । यसबाट बच्नका लागि ड्राईभरले निम्न उपायहरु अपनाउँदा दुर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।

हिमपातको बेला एक्सेलेटर कम दिनु पर्छ । ब्रेकको प्रयोग पनि कम गर्नुपर्छ । अगाडिको गाडीबाट ठोकिन नदिनका लागि सुक्खा मौसममा ड्राइभिङ्ग गर्दाको दुरी भन्दा १० गुणा फरकमा रहनु पर्दछ । र, यस्तो प्रतिकूल मौसममा गाडी बिग्रने संभावना पनि बढी हुन्छ । गाडी बिग्रेर गाडीमा लामो समय बिताउनु पर्दा जाडो हुने गर्दछ । त्यसैले गाडीमा न्यायो कपडा लिएर हिड्नु पर्दछ । सकेसम्म गाडीमा पेट्रोल प्रशस्त राखेर हिड्नु पर्दछ । तेल सकिएर पेट्रोल स्टेशन पुग्न सकिएन भने अर्को समस्या उत्पन्न हुनसक्छ ।

रोड ट्राफिक एक्सिडेन्ट अनुसन्धानकर्ताका अनुसार ९९ प्रतिशत सवारी दुर्घटना आफ्नै कारणले हुने र १ प्रतिशत दुर्घटना मात्र अरुको कारणले हुने बताउँछन् । ड्राइभरको कर्तव्य आफू मात्र बाँच्ने होइन, अरुलाई पनि दुर्घटनाबाट जोगाउने हो । हिमपातको मौसममा विपरित दिशाबाट आइरहेको गाडीलाई निरन्तर नियाल्नु पर्दछ । हिउँमा चिप्लिरहेको छ भने आफू सावधान रही उक्त गाडीबाट अलग रहनु पर्दछ । हुनसक्छ भने बेल्चा पनि लिएर हिड्नु फाइदाजनक हुन्छ । यदि, हिमपातका कारण गाडी फस्यो भने हिउँ खनेर माटो वा बालुवाको प्रयोग गरी गाडीलाई निकाल्न सकिन्छ ।

हिमपातको बेला माथि उल्लेख गरिएका कुराहरुलाई ध्यान दिएर सवारी साधन चलाइयो भने दुघर्टनाबाट आफू पनि बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिने प्रशिक्षक नेम्वाङ्ग मामाको विश्वास छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!