अल्डरसटमा शिव मन्दिर बन्ने पक्का, ३ लाख पाउन्डमा भवन खरिद

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको सैनिक सहरको रुपमा परिचित अल्डरसटमा शिव मन्दिर बन्ने निश्चित भएको छ । सो मन्दिर स्थापनाका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले खरिद गरेको भवनको साँचो गत शुक्रबार प्राप्त भएको छ ।

सेन्टरले अल्डरसट क्विन्स रोडमा अवस्थित पहिला चर्च त्यसपछि डान्सिङ्ग क्लासको रुपमा रहेको भवन ३ लाख पाउन्डमा खरिद गरेका हुन् । विभिन्न चन्दादाताहरुको सहयोगमा सो भवन खरिद गरिएको हो ।
सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिएअनुसार सो मन्दिरमा चतुर्मुखी शिवलिंग, पाञ्चायन, घण्टा, नन्दीलगायत स्थापना गरिने छ । करिब २ सय जनासम्म अट्ने भवनमा नियमित पूजाआजाबाहेक शिवरात्रि, दसैंतिहार, एकादशी, सरस्वती पूजा, बुद्धपूर्णिमा, विश्वकर्मा पूजा, होलीजस्ता पर्व र बिहे व्रतबन्ध, योगादेखि आध्यात्मिक प्रवचन आदि हुनेछन् ।

सो भवनको ढोकाको साँचो कर्चोन इस्टेट एजेन्टले अध्यक्ष रोहित गुरुङको रोहवरमा प्रोपर्टी संयोजक हर्क गुरुङ, सबैभन्दा बढी चन्दा बुझाउने रविजंग लामिछाने, महासचिव विक्रम भट्टराई, कोषाध्यक्ष वाचस्पति रेग्मी र सल्लाहकार भीम बानियाँले बुझेका थिए । भवनको स्वस्त शान्ति गरी गणेश पूजा पण्डित निलहरि घिमिरेले पूजा गर्दा चन्दादाता योगेन्द्र क्षेत्री, फार्नबोरो साई भक्ति सुष्मा गुरुङ, गे्रटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, डा. कपिल रिजाल, एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, सृजनशील नेपाली समाज युकेका अध्यक्ष भक्त दर्जी, कम्यूनिटी सेन्टरका उपाध्यक्ष क्या. गोपाल विश्वकर्मासहितको उपस्थिति रहेको थियो ।

हाल खरिद गरिएको सो भवनलाई प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजकत्वमा २० देखि २५ हजारको लागतमा मर्मत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै, कोषाध्यक्ष रेग्मीले चन्दादाताहरुले अत्यन्त उत्साहित भएर विगत ११ वर्षदेखि दान दाताव्य ठूलो रकम खातामा ३ लाख २९ हजार आइसकेको र प्रतिवद्धता रकम २० हजार उठ्न बाँकी रहेको बताए । शिव कल्चरल कम्यूनिटी सेन्टरले विगत तीन वर्ष देखि सुनित जैन र पुरन गिरीले उपलब्ध गराएको स्थानीय एम्पायर हलमा धार्मिक एवं सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!