जानुका राईको ३ कृति लोकार्पण

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । गीतकार जानुका राईको ३ कृतिहरु ‘समय, सन्दर्भ र आमा’ को विमोचन गरिएको छ ।

गत ९ फेब्रुअरीको दिन बेलायतको आशफोर्डमा आयोजित समारोहमा राईका कृतिहरुः २ एल्बम “समय”, “सन्दर्भ” र गीतसङ्ग्रह “आमा” प्रमुख अतिथि खोटाङ समाज यूकेका अध्यक्ष, रिटायर्ड क्याप्टेन भुपजीत राई र अतिथिहरुले सामूहिक रुपमा लोकार्पण गरेका हुन् । साथै सोही एल्बमका ४ म्युजिक भिडियोहरु धर्तिको जन्म, सुम्निमा, सौहार्द भावना र परदेशी चेलीको कथा बजाएर सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा सगरमाथा गोर्खा नेपाली समाजका चक्र साम्पाङ् राई, मगरात संघ बेलायतका अध्यक्ष हिक्मतसिङ रोका, समाजसेवी रिटायर्ड क्याप्टेन दिलकुमार राई, सुमनचन्द्र राई, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर, शान्ता गौचन, गीतकार ईश्वर चाम्लिङलगायत समाजसेवी तथा साहित्यकारहरु अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रममा भिमु मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष शिवकुमार राईले स्वागत मन्तव्यपछि अतिथिहरुले सामूहिक रुपमा दिप प्रज्ज्वलन पछि कार्यक्रम सुरु भएको थियो ।
लोकर्पित गीतिसङ्ग्रहमा ८६ वटा गीत छन् भने एल्बम समयमा ५ गीतहरु क्रमशः आमा, सौहार्द भावना, हुरुरु, प्रकृतिकी छोरी रहेको छ । सो एल्बममा सुरेश अधिकारीको संगीत रहेको छ ।

एल्बम सन्दर्भमा ६ गीतहरु गरिबीको भारी, लन्डन सहर, माझी दाई, बालापन, पिरतीको रङ्ग, आकाशको जून र नयाँ वर्ष रहेको छ । सो एल्बममा जितेन राई, रोशनराज गुरुङ् विरचन्द्र राई (बीसी) वसन्त मुकारुङ, गंगाराज राई, जितेन राई र विरचन्द्र राई (बीसी)ले संगीत भरेका छन् । सर्जकले यो भन्दा पहिले २०६९ सालमा पहिलो कृति धर्तीको जन्म र समर्पणलाई कर्मभूमि ब्रुनाईमा प्रवासी नेपाली साहित्य समाजको सक्रियतामा सार्वजनिक गरेकी थिइन् ।
कार्यक्रममा सर्जक जानुका राईले आफ्ना कृति लोकार्पणका लागि आयोजित कार्यक्रम पृथक् भएको उल्लेख गर्दै आयोजक भिमु मेमोरियल ट्रष्ट, आफ्ना सासु–ससुरा र बाबा–आमाहरुको सहयोगको सम्झना गरेकी थिइन् ।

नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीले पैसाको भन्दा समयको धेरै महत्व भएको ठाउँमा बसेर यति धेरै कृतिहरु जन्माएको भन्दै राईको प्रशंसा गरे । किरात राई यायोख्खाका उपाध्यक्ष तथा खोटाङ समाज यूकेका अध्यक्ष रिटायर्ड क्याप्टेन भुपजीत राई, किरात राई सांस्कृतिक सङ्घ बेलायतका अध्यक्ष हेमकुमार राई, मगरात संघ बेलायतका अध्यक्ष हिक्मतसिङ रोका, सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डका अध्यक्ष चक्र साम्पाङ राई, संगीतकार तथा कम्पोजर बिसी राईलगायतले स्वागत मन्तव्य दिएका थिए ।

सर्जक राईले कृतिहरुबाट आएको रकम भिमु मेमोरियल ट्रष्टका जाने जानकारी गराइन् । ट्रष्टमार्फत २०७० सालयता प्रत्येक वर्ष विद्यार्थीहरुलाई सहयोग पुर्‍याउँदै आएको छ । कार्यक्रममा साहित्यकार सेमन्त राईले बाँसुरीको धुन सुनाए भने गायक गंगाराज राई र नरेन्द्र राईले गीत गाएर भरपुर मनोरञ्जन दिलाए । कार्यक्रम गायक तथा संगीतकार गंगाराज राईले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!