अल्डरसटमा सामूहिक ध्यान

SHARE:

एटा संवाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बाभित्र करिब दुई वर्षदेखि नियमित रुपमा संचालन हुँदै आएको सामूहिक ध्यान अर्थात् ग्रुप मेडिटेसन गर्ने मानिसहरुको संख्यामा बृद्धि भएको छ । विपश्यना ध्यान केन्द्रमा गई १० दिनसम्म अभ्यास गरेका केही व्यक्तिहरुले सामूहिकरुपमा प्रत्येक आइतबार बिहान ७ देखि ८ बजेसम्म ध्यान (मेडिटेसन) अभ्यास गर्दै आएका छन् ।

पछिल्लो समय अधिंकाश मानिसहरुले आफ्नो स्वास्थ्यप्रति निकै चासो देखाउदै आएका छन् । र, धेरैजसो मानिसहरु आफूलाई स्वस्थ राख्नका लागि प्रत्येक दिन वा फुर्सदको समयमा हिँड्ने, दौडने, जीम जाने, विभिन्न खेलहरु खेल्ने, योगाभ्यास र ध्यान (मेडिटेसन) गर्ने गर्दछन् ।

मानिस स्वस्थ रहनका लागि मेडिटेसनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राचीन भारत वर्षमा निकै प्रचलित विपश्यना ध्यान विधिलाई २५०० वर्षअघि गौतम बुद्धले पुनः प्रयोगमा ल्याएका थिए । एसएन गोयङ्गका नाम गरेका एक व्यक्तिले सन् १९६९ देखि विपश्यना ध्यान केन्द्रको स्थापना गरेका थिए ।

विपश्यना ध्यानमा आफूहरुले सिकेको आनपाना ध्यानलाई नै आफूहरुले सामूहिक रुपमा १ घण्टासम्म अभ्यास गरिँदै आएको सो समूहमध्येका एकजना रोज शाही बताउँछन् । आफूहरुले सिकेको आनपाना ध्यानलाई सामूहिक रुपमा गरौं र आफ्नो सिकेको अनुभवलाई आदानप्रदान गरौं भन्ने उद्देश्यले आपूmहरुले सामूहिक रुपमा ध्यान सुरु गरिएको हो, भन्छन्, रोज शाही । उनका अनुसार सुरुमा ४÷५ जनाको सहभागिता रहँदै आएको सामूहिक ध्यानमा अहिले करिब २५÷३० जनासम्मले भाग लिँदै आएका छन् ।
कुनै पनि जाति, धर्म र लिङ्गका मानिसले सो सामूहिक मेडिटेसनमा सहभागी हुन सकिने छ । र, अहिले स्थानीय बासिन्दाहरुको पनि बाक्लो सहभागिता रहँदै आएको छ । मेडिटेसनको महत्वलाई बुझेर बुद्धिष्ट कम्युनिटी सेन्टरले हाल थप्न लागेको माथिल्लो तलामा छुट्टै मेडिटेसन हलसमेत निर्माण हुने भवन निर्माण संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष हर्कबहादुर गुरुङले जानकारी दिए । सो मेडिटेसन समूहमा सहभागी हुन वा मेडिटेसनसम्बन्धी जानकारी चाहिएमा अल्डरसट मेडिटेसन क्लब नामक फेसबुक पेजबाट प्राप्त गर्न सकिने रोज शाहीले अनुरोध गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!