बीसीसी युकेले तला थप्न सुरु गर्‍यो

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको अल्डरसट टाउनको हाईस्ट्रिटमा अवस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अहिले संचालनमा रहेको भवनमा तला थप्न सुरु गरेको छ । गतहप्ता बीसीसी युकेका धर्मगुरु लामाले धार्मिक विधिपूर्वक पूजा गरी सो भवनको तला थपको सुरुआत गरिएको थियो ।

करिब आधा मिलियन अर्थात् ५ लाख पाउन्डको बजेटमा निर्माण हुन लागेको सो भवनमा ३ वटा अनसुईट (लामा गुरुहरुको लागि आवास), मेडिटेशन हल, पुरुष शौचालय र १ कार्यालय कोठा रहने भवन निर्माण संयोजक एवं उपाध्यक्ष हर्क गुरुङले जानकारी दिए । उनका अनुसार अहिलेको भुई तलाबाट पुरुष शौचालय हटाइने, अहिलेको लामा गुरु सुत्ने कोठालाई महिला शौचालय बनाउने, अहिले भैरहेको दुवै शौलाचय रहेको स्थानमा ल्वाउन्ज बनाइने छ ।

करिव ७ महिनामा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सो भवन निर्माणका लागि अहिले आपूmहरुसंग २ लाख ५० हजार पाउण्ड रहेको र १ लाख ५० हजार निःशुल्क व्याजमा ऋण लिने र बाँकी अपुग रकमलाई मोर्गेज गर्ने संयोजक गुरुङले जानकारी दिए । साथै, उनले यस निर्माणको क्रममा आपूmहरुले प्रदान गर्दै आएको कुनै पनि सेवा अवरुद्ध नहुने अर्थात् सुचारु रहने बताए । स्मरण रहोस्, सन् २००७ सालमा स्थापना भएको बुद्धिष्ट कम्युनिटी सेन्टर युकेले विभिन्न सहयोगदाताहरुको सहयोगमा सो भवन खरिद गरि सन् २०१५ देखि भक्तजनहरुलाई सेवा प्रदान गदै आएको छ । हालसम्म सो संस्थाको ले.रि. काजी शेर्पा र ले.रि. नारायण प्रसाद गुरुङले अध्यक्षता गरिसकेका छन् भने हाल नरेश गुरुङले अध्यक्षता गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!