नेपालीद्वारा बेलायती क्यान्सरपीडित बालिकाको सहयोगार्थ च्यारिटी डिनर

SHARE:

गणेश पुन
फोक्स्टन । क्यान्सरपीडित ५ वर्षीया बालिका माया नाशको उपचार खर्च जुटाउन बेलायतको फोक्स्टनमा नेपाली खानासहित च्यारिटी डिनरको आयोजना गरिएको छ ।

बागलुङ समाज युके र फोक्स्टन नेपाली समाजका पूर्वअध्यक्ष एवम् समाजसेवी दीपककुमार काउचाको विशेष पहल र सक्रियतामा यही २ फेब्रुअरी, शनिबार साँझ फोक्स्टनस्थित हार्बी ग्रामर स्कुलको हलमा च्यारटी डिनर आयोजना गरिएको हो । विभिन्न सामानहरूको अक्सनर राफल ड्र गरेर सो साँझ करिब ५ हजार ५५६ पाउन्ड संकलन भएको थियो । उठेको सम्पूर्ण रकम बालिका मायाको उपचारका लागि प्रदान गरिसकिएको जानकारी आयोजक दिपक काउचाले दिए ।

झन्डै ६ बजेदेखि सुरु भएको च्यारिटी डिनर साँझमा स्थानीय नेपाली समुदाय, वानआरजीआरका सेवारत दाजुभाइ, फोक्स्टोन मेयरका साथै स्थानीय काउन्सिलरहरूसहित झन्डै दुई सय जनाको उपस्थिति थियो । स्थानीय कलाकारहरूद्वारा नेपाली संस्कृति झल्किने विभिन्न नृत्य र केही गीतहरु पनि प्रस्तुत गरिएको थियो ।

माया नाशको बाबाआमा बेलायती नागरिक हुन् । यस्ता खाले च्यारिटी कार्यक्रम आयोजनाले नेपाली मूल र अन्य मूलका समुदायबीचको अन्तरसम्बन्धलाई बलियो बनाउन सहयोग मिल्ने समाजसेवी काउचाको विश्वास छ । चिकित्साशास्त्रका अनुसार न्युरोबलास्टोमा (ल्भगचय दबिकतयmब) नामक भयानक क्यान्सर विशेषगरी बाल्यावस्थामा देखिने रोग हो । बालिका माया नाश तीन वर्षकी हुँदा यो रोग देखिएको थियो । मायाको उपचार यूकेमै भइरहे पनि रोगको अवस्थालाई थप बढ्नबाट रोकथाम गर्ने काममात्र भइरहेको छ । यस रोगको पूर्ण उपचार यहाँ सम्भव छैन । चिकित्सकहरूले यसको पूर्ण उपचारका लागि अमेरिकाको न्युयोर्कमा मात्र सम्भव हुने मायाका बाबाआमालाई सल्लाह दिएका छन् । यसको उपचार खर्च २४३,००० (दुई लाख त्रिचालीस हजार) पाउन्ड लाग्ने बताइएको छ ।

क्यान्सरपीडित बालिका मायाका बाबाआमाले छोरीलाई रोगबाट मुक्त गराउनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् । यस्तो आर्थिक सहयोगको याचना पढेपछि दीपककुमार काउचाले पनि जसरी र जति हुन्छ सहयोग गर्ने अठोट लिए । साथीभाइहरूको सरसल्लाह र सहकार्यबाट मानवीय कर्तव्यको महत्व राख्ने यो च्यारिटी डिनरको आयोजना गर्न सम्भव भएको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!