एटा संवाददाता
अल्डरसट । गत बुधबार ६ फेबु्रअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा इम्पावरमेन्ट ईभेन्टको आयोजना गरियो । अल्डरसट फार्नबोरो क्षेत्रका विभिन्न पेसा, व्यवसाय र समाजमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको सो ईभेन्टमा एकअर्कामा आ–आप्mना अनुभवहरु साटासाट गरेका थिए ।
माउसटेल वेभ सर्भिसेस् र गोर्खा इन्फरमेसन म्यानेजमेन्ट लिमिटेडले आयोजना गरेको ईभेन्टमा विपश्यना ध्यान केन्द्रबाट १० दिनको अभ्यास गरेर आएका मेजर हितमान गुरुङले विपश्यना ध्यानको बारेमा र मनोक्रान्ति बेलायतका योगगुरु नगेन्द्रराज नेम्वाङले योगाको बारेमा जानकारी दिँदै दुवै जनाले अभ्याससमेत गराएका थिए । त्यस्तै, माउसटेल वेभ सर्भिसेस् तथा एभरेस्ट बिजनेस एसिलेटरका मान गुरुङले इन्पावरमेन्ट तथा लिडरसीपको बारेमा र गोर्खा इन्फरमेसन म्यानेजमेन्ट लिमिटेडका पूर्ण गुरुङले मोटिभेसनको बारेमा आ–आप्mना अनुभव सुनाएका थिए ।
करिब दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रममा तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, जीनर्जीका मेग गुरुङ, गोर्खा प्रिनर तथा साज म्यानेजमेन्टका कृष्णप्रसाद गुरुङ, वरिष्ठ फोटोग्राफर मिलन तमु, गोर्खा ट्राभल्सका डाईरेक्टर दिलरास गुरुङ, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष रोहित गुरुङ, एम्पायर हलमा डाइरेक्टर पुरन गिरी र राजकुमार गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो । सहभागीमध्येका हितमान गुरुङ र मिलन तमुले सो कार्यक्रम अत्यन्त लाभदायिक रहेको बताउँदै प्रत्येक दुई हप्तामा एकपटक भएपनि आयोजना गर्न सुझाव दिए । त्यस्तै, सामाजिक संजालमार्फत धेरैजनाले अर्को इभेन्टका लागि आउने प्रतिवद्धतासमेत व्यक्त गरेको आयोजक मान गुरुङले जनाए ।






